‘लक्ड स्पेसिफिकेसन’ को आरोपपछि मेडिकल काउन्सिलको रजिस्ट्रार नियुक्ति मापदण्ड परिवर्तन: अब लाइसेन्सपछि १० वर्षको अनुभव भए पुग्ने


काठमाडौँ -सरकारले नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रार नियुक्तिको मापदण्डमा चौतर्फी विरोध पछि परिवर्तन गरेको छ। चिकित्साशास्त्रमा स्नातकोत्तर (एमडी/एमएस) गरेपछि थप १० वर्षको अनुभव चाहिने सुरुको व्यवस्थालाई ‘लक्ड स्पेसिफिकेसन’ को आरोप लागे पछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले काउन्सिलको लाइसेन्स प्राप्त गरे देखि १० वर्षको अनुभव र स्नातकोत्तर भए पुग्ने गरी खुकुलो बनाएको हो।

काउन्सिलको रजिस्ट्रार नियुक्तिका लागि सरकारले तोकेको नयाँ मापदण्ड प्रति काउन्सिलकै निर्वाचित सदस्य र युवा चिकित्सकहरूले गम्भीर आपत्ति देखिएपछि यो मापदण्ड परिवर्तन भएको हो।

नेपालहेल्थप्रेस ले यस विषयमा लेखेको समाचार,’मेडिकल काउन्सिलको रजिस्ट्रार नियुक्तिमा ‘लक्ड स्पेसिफिकेसन’ को आरोप: कसका लागि हो मापदण्ड ?’, पढ्न👉 यहाँ क्लिक गर्न सक्नु हुन्छ।

स्वास्थ्य मन्त्रालयले सुरुमा जारी गरेको कार्यविधिमा चिकित्साशास्त्रमा स्नातकोत्तर (एमडी/ एमएस) गरे पछि थप १० वर्षको अनुभव हुनुपर्ने सर्त राखे राखेको थियो। तर यो मापदण्ड खुला प्रतिस्पर्धा गराउन नभई सरकारले ‘आफ्नै कुनै खास व्यक्ति’ लाई भित्र्याउन ‘लक्ड स्पेसिफिकेसन’ का रूपमा तयार पारेको आरोप लागे पछि यसमा परिवर्तन भएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय का डा. गुणनिधि शर्मा ले नेपालहेल्थप्रेस लाई मेडिकल काउन्सिलको रजिस्ट्रार पदको लागि आवेदन दिने डाक्टर लाई काउन्सिलबाट लाइसेन्स प्राप्त गरे देखि १० वर्षको अनुभव र उनी स्नातकोत्तर समेत हुनुपर्ने व्यवस्था रहेको बताए।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!