अनुसन्धान

महिलामा सिकाइ प्रक्रिया प्रजनन चक्रसँग प्रभावित हुन्छ


एक नयाँ अध्ययनले महिलाको सिकाइमा सहयोग गर्ने मस्तिष्कीय प्रक्रिया स्वाभाविक रूपमा प्रजनन चक्र को अनुरूप उतार चढाव हुने संकेत दिएको छ। अनुसन्धानका अनुसार यस्तो परिवर्तन डोपामाइन उत्पादन को कारण अणु परिवर्तनसँग जोडिएको हुनसक्छ । निष्कर्षले न्यूरोकेमिकलले मानवमा सिकाइ मा कसरी मद्दत गर्छ भन्ने कुरातर्फ संकेत गर्दछ।

यो अनुसन्धान ‘नेचर न्यूरोसाइन्स’ मा प्रकाशित छ, जसलाई यहाँ 👉 क्लिक गरेर पढ्न सकिन्छ। अनुसन्धान टोलीका प्रोफेसर क्रिस्टिन कोन्स्टान्टिनोपलका अनुसार, ‘एस्ट्रोजनको स्तरमा हुने परिवर्तनले बौद्धिक कार्य र खासगरी मानसिक  विकार सँग, सम्बन्धित रहेको बुझाइ चिकित्सा क्षेत्रमा बढ्दै गएको छ।’ उनका अनुसार, हर्मोनको मस्तिष्कमा व्यापक प्रभाव हुन्छ तर तिनले व्यवहार र बौद्धिक प्रक्रियालाई कति र कसरी असर गर्छन् भन्ने विषयमा अझै स्पष्टता छैन ।

अध्ययन मुसामा गरिएको थियो। उनीहरूमा पानी उपलब्ध हुने जानकारी दिन ध्वनि संकेतहरू दिइयो । जब एस्ट्रोजनको स्तर बढाइयो, सिकाइ क्षमता मा वृद्धि देखियो। एस्ट्रोजनको क्रियाशीलता कम गर्दा हार्मोनको डोपामाइन नियन्त्रण गर्ने क्षमता घट्यो र सिकाइ को क्षमतामा कमी देखा पर्‍यो। यो परिणामले हर्मोन को स्तर र न्यूरोसाइकियाट्रिक विकारका लक्षण बीच सम्भावित सम्बन्ध तर्फ समेत संकेत गर्छ।

अनुसन्धान टोलीले भनेको छ, ‘सबै तन्त्रिका मनो रोग सम्बन्धी विकार हर्मोनल अवस्था को आधारमा लक्षणको गम्भीरतामा उतारचढाव देखाउँछ जसले थाहा हुन्छ कि हर्मोन निरल सर्किटलाई कसरी प्रभावित गर्छ ।’


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!