गर्भावस्थाको समयमा उच्च रक्तचाप (एचडीपी) देखा परेका महिलामा बच्चा जन्माएको पाँच वर्ष भित्र मुटु सम्बन्धी समस्या, जस्तै हृदयघात, स्ट्रोक आदि को जोखिम उल्लेखनीय रूपमा बढ्ने नयाँ अध्ययनले देखाएको छ। यो अनुसन्धान इण्टरमाउन्टेन हेल्थ का अनुसन्धानकर्ताले गरेका हुन्। अध्ययनका नतिजा अमेरिकन हर्ट एशोसिएसनको २०२५ को वैज्ञानिक सत्रमा, न्यु अर्लियन्समा प्रस्तुत गरिएको थियो । यसले पछिल्ला दुई […]
पिसिएल नर्सिङ संसारमा कहीँ पनि रिकग्नाइज गरिएको छैन। नर्स भनेको ब्याचलर नर्सिङ हुन्छ। संसारको कुनै पनि मुलुकमा नर्स हुनलाई स्नातक गर्नुपर्छ। तर हामी पिसिएल बोकेर बसेका छौं ।◽प्रा. डा.सुवास प्रसाद आचार्य, प्रमुख, त्रिवी शिक्षण अस्पताल, क्रिटिकल केयर मेडिसिन विभाग ।
काठमाडौं – नेपाल पेडियाट्रिक सोसाइटी ले सरकारद्वारा बालबालिकालाई ‘इम्युन बुस्टर’ को रूपमा स्वर्णभस्म/स्वर्णकल्प (स्वर्ण प्रासन) खुवाउने अभियान प्रति औपचारिक असहमति जनाएको छ । सोसाइटीले सार्वजनिक गरेको स्थिति पत्रमा हाल सम्म वैज्ञानिक प्रमाण, बाल सुरक्षा, गुणस्तर र नियामक स्पष्टता अपर्याप्त रहेको भन्दै यो अभियान तत्काल स्थगन गर्न सरकारसँग आग्रह गरेको हो। पेडियाट्रिक सोसाइटीका अनुसार, शिशुहरूको प्रतिरक्षा प्रणालीलाई […]