२८% नेपालीमा बाथ रोग: पहिलो पटक बाथरोग र टाइप१ मधुमेह पहिचान गर्ने ‘एचएलए – डिआर४’ डाइग्नोस्टिक किट उपलब्ध


काठमाडौँ – नेपालमा पहिलो पटक बाथरोग र टाइप–१ मधुमेहको प्रारम्भिक अवस्था पत्ता लगाउन सकिने डायग्नोष्टिक किट ‘एचएलए – डिआर४’ भित्रिएको छ।

नेक्स जेन ल्याब सोलुसनले युरोपको चेक रिपब्लिक स्थित ‘होला बायो ल्याब्स’ सँग सहकार्यमा विकसित यो किट औपचारिक रूपमा नेपाल भित्र्याएको हो। विज्ञहरूको अनुसार मुलुकमा २८ प्रतिशत अर्थात् कुनै न कुनै रूपमा ६० देखि ७० लाख नेपालीमा बाथ रोग रहेको छ।

कम्पनीका प्रबन्ध निर्देशक नरेश पाण्डेका अनुसार ‘एचएलए – डिआर४ किट आरटी पीसीआर प्रविधिमा आधारित छ र प्रारम्भिक परीक्षणका लागि नेशनल बाथरोग सेन्टरमा प्रयोग सुरु गर्न सकिन्छ। आरटी पीसीआर प्रविधि उच्च संवेदनशीलताका कारण विश्व भर प्रमाणित छ। विश्व स्वास्थ्य संगठनको अध्ययनमा यो विधिले प्रारम्भिक पहिचानमा अत्यधिक प्रभावकारी नतिजा दिएको उल्लेख छ।

यस्तै नशाको बाथ रोग पहिचानको लागि ‘एचएलए -बि ५१’ , मेरुदण्डको बाथरोको लागि ‘एचएलए बि२७’   परीक्षण समेत सुरु गरिएको छ।

डा. विनीत वैद्य ले उक्त किट रोगको सुरुवाती चरण मै संकेत पहिचान गर्न सक्षम भएकाले उपचार समयमै सुरु गर्न मद्दत पुग्ने जनाउँदै  ‘बाथरोग वा टाइप–१ मधुमेह सुरु हुनु अघि नै जोखिम पत्ता लागेमा रोग गम्भीर हुनु अघि रोकथाम सम्भव रहेको बताए । यसले बिरामीलाई दीर्घकालीन औषधि सेवनबाट पनि जोगाउन सक्छ।

नेक्स जेनका अनुसार ‘एचएलए – डिआर४’ किट आरटी पीसीआर प्रविधिमा आधारित छ र प्रारम्भिक परीक्षणका लागि नेशनल बाथरोग सेन्टरमा प्रयोग सुरु गर्न सकिन्छ। आरटी पीसीआर प्रविधि उच्च संवेदनशीलताका कारण विश्व भर प्रमाणित छ। विश्व स्वास्थ्य संगठनको अध्ययनमा यो विधिले प्रारम्भिक पहिचानमा अत्यधिक प्रभावकारी नतिजा दिएको उल्लेख छ।

स्वास्थ्यकर्मीका अनुसार बाथरोगको सुरूवाती निदानले संक्रमण फैलिन रोक्न मद्दत गर्छ। टाइप–१ मधुमेहमा समयमै इन्सुलिन थेरापी सुरु गर्दा जटिलता कम हुन्छ र जीवनस्तर सुधार हुने वैज्ञानिक प्रमाण छन्।

नेपालमा धेरै बिरामी गम्भीर अवस्था पुगेपछि मात्र अस्पताल पुग्ने प्रवृत्ति भएकाले यो किटको महत्व बढ्ने बताइन्छ। प्रारम्भिक लक्षण पहिचान सँगै उपचार सरल, छिटो र कम खर्चिलो हुने नेक्स जेनको दाबी छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!