मिर्गौला प्रत्यारोपण शल्य चिकित्सक डा.पुकार चन्द्र श्रेष्ठ भन्छन् : दुखाइ नाशक (पेन किलर) औषघि ले मृगौला बिगार्छ


काठमाडौं– शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक एवं मिर्गौला तथा कलेजो प्रत्यारोपण शल्य चिकित्सक डा.पुकार चन्द्र श्रेष्ठले दुखाइ नाशक (पेन किलर) औषधी ले  मिर्गौला बिगार्न सक्ने भएकोले चिकित्सकीय सल्लाह विना आफू खुशी यसको सेवन नगर्न आग्रह गर्छन ।

आजकल टाउको दुखाइ वा कुनै पनि प्रकारको दुखाइबाट छुटकारा पाउन, मानिसहरू प्रायः आफू खुशी वा औषधि पसल वाट किनेर दुखाइ नाशक (पेनकिलर) औषधिको प्रयोग गर्छन्।

‘दुखाइ कम गर्ने औषधि सेवन गर्नुअघि तपाईंले यसबारे कहिल्यै सोच्नु भएन होला, तर वास्तवमा यसको अनियन्त्रित सेवनले मिर्गौलालाई पनि समस्यामा पार्न सक्छ’, डा.श्रेष्ठ भन्छन–‘ अनुसन्धानले सुझाव दिन्छ कि क्रोनिक ( दीर्घकालीन ) मृगौला फेल हुने धेरै केसहरूमा पेनकिलरको ओभरडोज हुन्छ ।’

त्यसैले पेनकिलरको अत्यधिक प्रयोग नगर्नुहोस् । दुखाइ कम गर्ने औषधि बाहेक ड्रग्स (नार्कोटिक ड्रग्स) को प्रयोगले पनि मिर्गौलालाई धेरै नोक्सान पुर्‍याउन सक्ने उनी बताउँछन ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!