अनुसन्धान
जीन उपचारमा सफलता, कानको क्षति अब निको पार्न सकिने

इजरायली र अमेरिकी वैज्ञानिकहरूले नयाँ प्रकारको जीन उपचार विकास गरेका छन्, जसले भविष्यमा लाखौँ मानिसलाई आनुवंशिक आन्तरिक कानका समस्या कारण भएको श्रवण क्षमता र सन्तुलन पुनःस्थापना गर्न मद्दत गर्ने विश्वास गरिएको छ।
यो उपचारले कान भित्रका संवेदनशील कोषिकाहरू नष्ट हुनबाट जोगाउँछ। परम्परागत उपचार पद्धति भन्दा प्रभावकारी ठहरिएको यस विधिले हाल सम्म उपचार सम्भव नभएको अवस्थाका लागि आशा जगाएको छ।
तेल अभिव विश्वविद्यालयकी प्राध्यापक क्यारन अब्राहमका अनुसार, यो अनुसन्धानले हाल प्रयोग भइरहेका रणनीतिहरूमा सुधार ल्याएको छ र श्रवण क्षतिका लागि जिम्मेवार विभिन्न आनुवंशिक म्युटेशन उपचार गर्ने सम्भावना देखाएको छ। अनुसन्धानका नतिजा एम्बो (इएमबीओ) मलिक्युलर मेडिसिन नामक सहकर्मी समीक्षित वैज्ञानिक पत्रिकामा प्रकाशित गरिएको छ जसलाई यहाँ 👉 क्लिक गरेर पढ्न सकिन्छ ।
आनुवंशिक म्युटेशनका कारण विश्व भर जन्मजात श्रवण क्षतिको करिब आधा हिस्सा हुने गरेको बताइन्छ। यसले लाखौँ बालबालिका तथा वयस्कलाई प्रभावित गरेको छ।
अब्राहमका अनुसार, आन्तरिक कानमा दुई मुख्य प्रणाली हुन्छन, श्रवण प्रणाली जसले सुन्न मद्दत गर्छ र भेस्टिबुलर प्रणाली जसले सन्तुलन नियन्त्रण गर्छ। आनुवंशिक भिन्नताले यी दुवै प्रणालीमा असर गर्दा श्रवण हानि र सन्तुलन सम्बन्धी समस्या देखा पर्छन।
श्रवण हानि विश्व मै सबै भन्दा सामान्य संवेदनात्मक विकार मध्ये एक हो, जसमा जन्मजात घटनाका आधा भन्दा बढी केसमा आनुवंशिकी नै प्रमुख कारण मानिन्छ।
प्रतिक्रिया दिनुहोस