अनुसन्धान

शरीर भन्दा छिटो बुढो भइरहेको छ पुरुषको मुटु, अब अनलाइन मै निःशुल्क परीक्षण


हालै मुटु स्वास्थ्य बारे गरिएको एक अध्ययनले चासोको विषय उजागर गरेको छ। विशेषज्ञहरूको टोलीका अनुसार अधिकांश वयस्कहरूको मुटु, शरीरका अन्य अङ्गहरू भन्दा छिटो बुढो हुँदै गएको छ।

यसका कारण कम उमेरमै मुटु सम्बन्धी रोगको जोखिम बढ्दै गएको छ, विशेष गरी मुटु रोगको पारिवारिक इतिहास भएका व्यक्तिहरूमा यो खतरा अझ गम्भीर छ।

यो समस्या बुझ्नका लागि अनुसन्धान टोलीले निःशुल्क अनलाइन परीक्षण विकास गरेको छ, जसको मद्दतले आफ्नो मुटुको उमेर कति भएको छ भन्ने थाहा पाउन सकिन्छ। तर, चिन्ता लाग्दो कुरा के भने धेरै मानिसहरूलाई आफ्नो मुटुको वास्तविक स्वास्थ्य बारे जानकारी नै छैन र उपचार आवश्यक हुँदा पनि गरिरहेका छैनन्।

अध्ययन कसरी भयो?

‘जामा कार्डियोलोजी’ जर्नलमा प्रकाशित यस अध्ययनमा सन २०११ देखि २०२० सम्म अमेरिकाका ३० देखि ७९ वर्ष उमेरका १४,००० भन्दा बढी व्यक्तिहरूको स्वास्थ्य डेटा विश्लेषण गरिएको हो। नर्थवेस्टर्न विश्वविद्यालयकी कार्डियोलोजी प्राध्यापक तथा अध्ययन की प्रमुख लेखक डा. सादिया खानका अनुसार, मुटु रोग, स्ट्रोक वा हृदयघातको जोखिम घटाउनका लागि आवश्यक औषधि वा उपचार धेरैले लिइ रहेका छैनन्, जसले जोखिम अझ बढाउँछ।

मुटुको उमेर मापन गर्ने नयाँ टूल

यो अनलाइन टूलमा तपाईंको उमेर, लिङ्ग, कोलेस्ट्रोल र एचडीएल कोलेस्ट्रोलको स्तर, सिस्टोलिक ब्लड प्रेशर, मधुमेहको अवस्था, रक्तचाप वा स्टाटिनको औषधि सेवन र ईजीएफआर  (मिर्गौलाको कार्य क्षमता) जस्ता विवरण मागिन्छ। यी सूचनाको आधारमा मुटुको उमेर र यसको स्वास्थ्य स्थिति अनुमान गर्न सकिन्छ।

यहाँ क्लिक गरेर जान्नुस् आफ्नो मुटुको उमेर

अध्ययनका मुख्य निष्कर्ष

अध्ययनले देखायो कि महिलाको औसत हृदय उमेर, उनको वास्तविक उमेर भन्दा चार वर्ष बढी छ। तर, पुरुषमा यो अवस्था अझ खराब थियो, ५० वर्ष भन्दा कम उमेर भएका पुरुषहरूको मुटु औसतमा ५६ वर्षका व्यक्तिको जस्तै पाइयो।

विशेषज्ञको चेतावनी

स्वास्थ्य विशेषज्ञका अनुसार, बिग्रँदो जीवन शैली र खानपानका कारण हाम्रो मुटु समय भन्दा अगावै बुढो भइरहेको छ । यदि यसमा बेलैमा ध्यान दिइएन भने आगामी वर्षहरूमा हृदय सम्बन्धी रोगको जोखिम अझै बढ्नेछ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!