आज राती अत्यधिक उल्का वर्षा, यो क्रम पुस १ सम्म जारी रहने


काठमाडौं– यो वर्ष मिथुन उल्का वर्षाको अत्यधिक सक्रियता बिहीवार राति रहने छ । मंसिर १८ देखि सुरु भएको मिथुन उल्का वर्षा पुष १ गते सम्म सक्रिय रहने नेपाल एस्ट्रोनोमिकल सोसाइटी ले जनाएको छ ।

अत्यधिक सक्रिय समयमा प्रतिघन्टा १५० वटासम्म उल्का देख्न सकिने जनाउँदै एस्ट्रोनोमिकल सोसाइटी का अध्यक्ष सुरेश भट्टराई ले भने–‘यो उल्का वर्षा क्षुद्रग्रह ३२०० फेथनले अन्तरिक्षमा छोडेका ससानो धूलका कण तथा पदार्थले सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको नजिक हुँदा वायुमण्डलको करिब ७० किलोमिटर माथि जलेर देखिँदै छ ।’

उल्का वर्षाको समयमा उल्का मिथुन राशिबाट निस्किए जस्तो देखिने हुनाले यसलाई मिथुन उल्का वर्षा (जेमिनिड मिटर सावर) नामकरण गरिएको हो । सोसाइटी ले उल्का वर्षा हेर्न चाहने सर्वसाधारणले आफ्नो घरबाट वा नजिकैको प्रकाश प्रदूषण कम भएको स्थानबाट अवलोकन गर्न तथा फोटो खिच्न सक्ने जनाएको छ ।

‘अवलोकनको लागि मंसिर २८ राति ८ बजे देखि भोलिपल्ट बिहान ५ :३० सम्मको समय अनुकूल हुनेछ’, भट्टराइले भने–‘उल्का वर्षा सामान्यतया मध्यरात पछि हेर्दा उत्तम रहन्छ । उल्का वर्षा हेर्न लाई कुनै दूरबीन वा टेलिस्कोप को आवश्यकता पर्दैन ।’

एस्ट्रोनोमिकल सोसाइटी ले नेपाल भर छरिएर रहेका आफ्नो सदस्य तथा शुभचिन्तक हरूलाई आ आफ्ना स्थानमा रहेका नजिकैका खुल्ला स्थानबाट उल्का वर्षा हेर्न र तस्विर लीन समेत आग्रह गरेको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!