यूएईमा कार्यरत नेपाली रन्जित कुमार पाल लाई ८२ करोड रुपैयाँ को चिठ्ठा


काठमाडौँ – यूएईमा एक जना नेपाली नागरीकलाई ८२ करोड रुपैयाँको चिठ्ठा परेको छ । स्थानीय अनलाइन पत्रिका खालिज टाइम्सका अनुसार फ्रेबुअरी ३ तारीखमा खोलिएको बिग टिकट लक्की राफल ड्रमा कतारमा काम गरीरहेका रन्जित कुमार पालले २३ मिलियन दिराम अर्थात ८२ करोड रुपैयाँ जितेका हुन।

पाल ले जनवरी १६ तारीख मा २३२९३६ नम्बरको टिकट किनेका थिए । उनले आफ्नो २ वटा फोन नम्बर टिकट किन्ने समय उपलब्ध गराएका थिए ।

प्रत्यक्ष प्रसारण गरिएको भाग्य चिट्ठामा उनलाई दुवै फोन नम्बरको माध्यम ले सम्पर्क गर्न खोजिए पनि उनले फोन उठाएका थिएनन । पालको विषयमा थप विवरण आउन बाँकी छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!