नेपाल चिकित्सक संघको रौतहटमा १९औ शाखा गठन

काठमाडौँ -नेपाल चिकित्सक संघको रौतहट शाखा डा.सुबास कुमार चौधरीको अध्यक्षतामा गठन भएको छ। १७ सदस्यीय तदर्थ समिति सँगै चिकित्सक सङ्घको देश भरि भएका शाखाहरूको सङ्ख्या १९ पुगेको छ। मधेस प्रदेशमा चिकित्सक संघको पाँच वटा शाखा छ।
नव गठित कार्य समितिको वरिष्ठ उपाध्यक्षमा डा. कौशल आलम, उपाध्यक्षमा डा. राकेश चौधरी, सचिवमा डा.मनोज कुमार कौशल, कोषाध्यक्षमा डा. शशी रञ्जन तिवारी , सह कोषाध्यक्षमा डा. राम भरोस प्रसाद चयन भएका छन ।
यस्तै सदस्यमा डा. श्यामबाबु साह, डा. राकेश कुमार साह, डा. पंकज कुमार साह, डा. यादव प्रसाद घिमिरे, डा. राम ईश्वर साह, डा. अमरेश कुमार यादव, डा. अम्बेडकर कुमार यादव र डा. सदरे आलम चयन भएका छन् । रौतहट शाखाको सल्लाहकारमा प्रा. डा. राजेन्द्रकुमार चौधरी र डा. अभिनन्दन श्रीवास्तव चयन भएका छन्
चिकित्सक सङ्घका केन्द्रीय अध्यक्ष डा.अनिल विक्रम कार्की, महासचिव डा.सञ्जीव तिवारी, मधेस प्रदेश संयोजक तथा केन्द्रीय उपाध्यक्ष डा. निरज कुमार सिंह, केन्द्रीय सह कोषाध्यक्ष डा.विक्रान्त ढकाल तथा केन्द्रीय सदस्य डा.अमित मिश्रको उपस्थितिमा उक्त शाखा गठन गरिएको हो।
प्रतिक्रिया दिनुहोस