चिकित्सक संघद्वारा सरकारलाई दबाब : शुक्रबार देशव्यापी धर्ना


काठमाडौं – नेपाल चिकित्सक संघले चिकित्सा शिक्षा आयोगको १६औं बैठक अनुसार तोकिएको आवासीय चिकित्सकहरूको निर्भाह भत्ता कार्यान्वयन नभएको प्रति आपत्ति जनाउँदै शुक्रबार देशव्यापी धर्ना गर्दै आन्दोलनलाई जारी राखेको छ।

संघका महासचिव डा. सन्जिब तिवारीद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा सरकारले निर्णय गरे अनुरूपको भत्ता कार्यान्वयन नगरेको गुनासो गरिएको छ। उक्त निर्णय कार्यान्वयन नगर्दा आवासीय चिकित्सकहरूलाई दैनिक जीवन यापनमा समस्या भइ रहेको संघको भनाइ छ।

यसै सन्दर्भमा चिकित्सक संघले वैशाख १९ गते राजधानीको माइतीघर मण्डलामा उपत्यका भित्रका सम्पूर्ण चिकित्सकहरूले बिहान ११ बजे धर्ना दिने कार्यक्रम घोषणा गरेको छ। उपत्यका बाहिरका चिकित्सकहरू भने आआफ्नो जिल्ला प्रशासन कार्यालयमा एकै समयमा धर्ना दिनेछन्।

चिकित्सक संघले चिकित्सकहरूको पेशागत अधिकार, सम्मान र जीवन स्तर सुनिश्चित गर्न सरकारलाई पटक पटक आग्रह गर्दै आएको जनाउँदै डा. तिवारीले तोकिएको निर्णय कार्यान्वयनमा ढिलाइ हुँदा संघले दबाब स्वरूप आन्दोलन जारी राख्नु पर्ने अवस्था आएको बताए।

नेपाल चिकित्सक संघले सरकार तत्काल निर्णय कार्यान्वयन नगरेमा आन्दोलन थप कडा बनाइने चेतावनी समेत दिएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!