रेडियोलोजिस्ट्स एसोसिएसनको ३१ वर्षः सेवा गुणस्तर र वातावरण संरक्षणमा प्रतिबद्धता
काठमाडौँ – नेपाल रेडियोलोजिस्ट्स एसोसिएसन (एनआरए) ले ३१औँ स्थापना दिवस देशभर वृक्षारोपण अभियान सहित मनाएको छ। विभिन्न शहरमा गरिएको कार्यक्रममा रेडियोलोजिस्ट चिकित्सक, ज्येष्ठ सदस्य र शुभेच्छुकहरूको सहभागिता थियो।
ऐसोसिएसन का अध्यक्ष डा. तेजेन्द्र कार्कीले सार्वजनिक सन्देश मार्फत आधुनिक तथा प्रविधि मैत्री रेडियोलोजी सेवा विस्तार, पेशागत अधिकारको संरक्षण र सेवा पहुँच बनाउन संस्थाले निरन्तर काम गर्दै आएको बताए। एनआरएले रेडियोलोजी सेवाको गुणस्तर बढाउने र जनस्वास्थ्य सुधारमा योगदान पुर्याउने लक्ष्य सहित आगामी दिनमा अझ सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेको छ।
एनआरए स्थापना दिवसको प्रमुख गतिविधि वृक्षारोपण अभियान थियो। एसोसिएसनले वातावरण संरक्षणलाई संस्थागत जिम्मेवारीका रूपमा लिएकाले काठमाडौं, इटहरी, पोखरा, भरतपुर, बिरगञ्ज लगायत स्थानहरूमा एकै दिन वृक्षारोपण गरिएको डा. कार्कीले बताए।

प्रतिक्रिया दिनुहोस