जेनजी प्रदर्शनमा मृत्यु हुनेको सङ्ख्या १५ पुग्यो, अधिकांशको हात, खुट्टा , छाती, टाउकोतिर चोट


काठमाडौँ -जेनजी  प्रदर्शनमा मृत्यु हुनेहरूको सङ्ख्या १५  पुगेको छ र मृतकको सङ्ख्या बढ्ने क्रममा रहेको देखिएको छ। उपचारमा संलग्न चिकित्सकहरूको अनुसारघाइते र मृतकहरूको हात खुट्टा छाती टाउको तिर अन्य चोट र गोलीको चोट पनि छ ।

अझै सम्म सरकारी निकायले घाइते मृतकको यकिन सङ्ख्या किटान गरेको छैन तर विभिन्न अस्पतालमा २५० भन्दा बढी घाइते उपचाररत देखिएको  छ।

हाल सम्म ट्रमा सेन्टरमा उपचाररत रहेका छ जनाको,  सिभिल अस्पतालमा तीन जना, काठमाडौँ मेडिकल कलेजमा दुईजना, एभरेस्ट हस्पिटलमा तीनजना र त्रिवि शिक्षण अस्पतालमा एकजना को मृत्यु भएको हो।

ट्रमा सेन्टरमा रहेका करिब ५० जना घाइते मध्ये तीन जनाको अवस्था चिन्ताजनक छ । ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.बद्री रिजालको अनुसार हाल सम्म ६ जनाको मृत्यु भएको हो भने दुई जनाको पेट र कलेजोमा चोटले गर्दा आकस्मिक शल्यक्रिया  गरिएको छ । उनको अनुसार अधिकांशको हात खुट्टा छाती टाउको तिर गोलीको चोट पनि छ र अन्य चोट पनि देखिएको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!