बानेश्वरको जेनजी प्रदर्शनमा एकजनाको मृत्यु, दर्जनौं घाइते


काठमाडौँ – काठमाडौँमा भइरहेको जेनजीको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका एक प्रदर्शनकारीको मृत्यु भएको छ। नयाँ बानेश्वर स्थित सिभिल अस्पतालमा उपचाररत अवस्थामा उनको मृत्यु भएको हो ।

सिभिल अस्पतालका कार्यकारी निर्देशक डा. मोहन रेग्मी ले नेपाल हेल्थ प्रेसलाई बताए अनुसार घाइते मध्ये एक जनाको मृत्यु भएको हो भने अन्य दर्जनौंको उपचार भइरहेको छ।

उनले घाइतेको संख्या धेरै भएकाले अस्पतालको क्षमताले नपुग्दा अन्य अस्पतालहरूमा पनि पठाइएको जानकारी दिए।मृत्यु भएका व्यक्तिको परिचय अहिलेसम्म खुल्न बाँकी छ। यसबारे थप विवरण आउन बाँकी छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!