प्रा. डा. सानु मैया दली र डा. लता बज्राचार्यलाई ‘आजीवन योगदान पुरस्कार’,माउन्ट एभरेस्ट इन्टरनेसनल कन्फरेन्स अन नेभिगेटिङ द फ्युचर अफ मिनिमल इनभेसिभ सर्जरी सम्पन्न


काठमाडौं –  नेपाल सोसाइटी फर गाइनोकोलोजिक इन्डोस्कोपी को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन राजधानीमा सम्पन्न भएको छ । उक्त सम्मेलनमा प्रा. डा. सानु मैया दली  र डा. लता बज्राचार्यलाई  ‘आजीवन योगदान पुरस्कार’ समेत प्रदान गरियो।

‘नेभिगेटिङ द फ्युचर अफ मिनिमल इनभेसिभ सर्जरी’ विषय रहेको दुई दिने सम्मेलन तथा कार्यशाला मा विशेषज्ञहरू बीच ‘मिनिमल इन्भेसिभ सर्जरी’ प्रवर्द्धन का विविध आयामहरूबारे बारे महत्वपूर्ण छलफल र यसको उपलब्धिबारे व्यापक चर्चा भएको हो ।

सोसाइटीका अध्यक्ष प्रा. डा. गणेश दंगालको अध्यक्षतामा सम्पन्न सम्मेलनमा प्रमुख अतिथि सभामुख देवराज घिमिरे, विशिष्ट अतिथि सांसद प्रा. डा. चन्दा कार्की, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका विज्ञ चिकित्सकहरूको सहभागिता थियो।

कार्यक्रममा  ‘मिनिमल इन्भेसिभ सर्जरी’ सम्बन्धी नवीनतम प्रविधि, ज्ञान आदान प्रदान, अनुभव साझेदारी र भविष्यमा आवश्यक सहकार्य बारे प्रस्तुतिकरण र छलफल भयो । सम्मेलनले नेपालमा ल्यापारोस्कोपिक शल्यक्रियाको स्तरलाई अझ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

यस अवसरमा शल्यचिकित्सा क्षेत्रमा जीवन भर योगदान पुर्‍याउँदै उल्लेखनीय भूमिका निर्वाह गर्ने प्रा. डा. सानु मैया दली  र डा. लता बज्राचार्यलाई  ‘आजीवन योगदान पुरस्कार’ प्रदान गरिएको थियो।

सोसाइटीका अध्यक्ष डा.दंगालले सम्मेलनलाई सम्बोधन गर्दै भने, ‘कुनै पनि महिलाको पेट चिर्नु नपरोस् भन्ने हाम्रो सपना हो। बिरामीहरूको जीवन न्यून शल्यक्रिया रहित, अझ सुरक्षित र प्रभावकारी शल्यक्रियाबाट सुधारिनु नै हाम्रो लक्ष्य हो।’

आयोजक समितिका अनुसार, सम्मेलनमा व्यक्त भएको संकल्पलाई निरन्तरता दिँदै नेपालमा ‘मिनिमल इन्भेसिभ सर्जरी’ प्रविधि सुदृढ बनाइने, शल्य चिकित्सा क्षेत्रमा नयाँ प्रतिभा हरूको विकास र देश भर यसको पहुँच विस्तार गरिने योजना रहेको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!