नेपाली हेल्थका प्रधान सम्पादक न्यौपाने सम्मानित


काठमाडौं – ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान)ले नेपाली हेल्थ डटकमका प्रधान सम्पादक रामप्रसाद न्यौपानेलाई रक्तदान अभियानमा सञ्चार माध्यम मार्फत पुर्‍याएको योगदानका लागि सम्मान गरेको छ।

राजधानीमा आयोजित एक समारोहमा ब्लोदानका केन्द्रीय अध्यक्ष राजेश श्रेष्ठले न्यौपानेलाई सम्मान पत्र प्रदान गरे। उनले पत्रकारिता मार्फत रक्तदान प्रति जनचेतना जगाउन उल्लेखनीय भूमिका निभाएको भन्दै धन्यवाद व्यक्त गरे।

सम्मान ग्रहण पछि सम्पादक न्यौपानेले स्वास्थ्य र रक्तदान जस्ता मानवीय सेवाका क्षेत्रमा अझ सक्रिय रहन यस सम्मानले थप प्रेरणा दिएको बताए।

रक्तदानका क्षेत्रमा क्रियाशील संघ संस्थाहरूको समन्वयकारी संस्था ब्लोदानले तीन दशक देखि स्वेच्छिक रक्तदान अभियानलाई प्रवर्द्धन गर्दै विभिन्न जनचेतनामूलक र प्रेरणादायी कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!