चिकित्सा क्षेत्रमा उपभोक्ता अदालतका फैसलाबारे मेडिकल काउन्सिलको बैठकमा छलफल

काठमाडौं – नेपाल मेडिकल काउन्सिल को पूर्ण बैठकमा हालै उपभोक्ता अदालतले चिकित्सा क्षेत्रसँग सम्बन्धित संस्था माथि सुनाएको फैसलाबारे गम्भीर छलफल गरिएको छ।
डा. हुलास अग्रवाल र डा. कुञ्जाङ शेर्पाले यो विषय बैठकको कार्यसूचीमा समावेश गर्न प्रस्ताव गरेका थिए, जस अनुसार अदालतले हिमाल अस्पताल, ग्रान्डी अस्पताल र ओम अस्पताल माथि गरेको जरिवाना निर्णय विशेष रूपमा बैठकमा उठाइएको थियो।
बैठकमा सहभागी सदस्यहरूले यस्ता फैसलाले चिकित्सकीय स्वायत्तता र उपभोक्ताको हक बीचको सन्तुलनमा गम्भीर प्रश्न उठाएको निष्कर्ष दिएका छन्। उनीहरूले यस्ता मुद्दामा काउन्सिलको स्पष्ट भूमिका निर्धारण गर्नुपर्ने र नियामक निकाय तथा न्यायिक संयन्त्र बीच प्रभावकारी समन्वय आवश्यक रहेको धारणा राखेका थिए।
काउन्सिलले यस विषयमा थप नीतिगत छलफल गर्ने र आवश्यक निर्णय लिने तयारी गरेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस