नेपाल औषधि आयातकर्ता संघको अध्यक्षमा पवन आचार्य निर्वाचित

काठमाडौँ- नेपाल औषधि आयातकर्ता संघ (मियान)को अध्यक्ष पदमा पवन आचार्य निर्वाचित भएका छन्।
राजधानीमा सम्पन्न आठौँ वार्षिक साधारण सभा तथा अधिवेशन मार्फत आचार्यको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मतिले चयन गरिएको हो। नवगठित कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ।
यस अघि महासचिवको जिम्मेवारी सम्हालेका आचार्य अध्यक्षमा पदोन्नत भएका हुन्। उपाध्यक्षमा पृथ्वीराज वैद्य र सुमन कयाल निर्वाचित भएका छन्।
त्यसै गरी, महासचिवमा मधु पौडेल, सचिवमा सुरेश पटवारी र कोषाध्यक्षमा सन्दीप खनाल निर्वाचित भएका छन्।
कार्य समिति सदस्यमा मुकुन्द राजभण्डारी, सुशीलकुमार श्रेष्ठ, महेन्द्र श्रेष्ठ, ख्वाजा तारिक राना, निरजकुमार झा, शितोष शाह, डा. आनन्दराज भण्डारी, सुरज टिवरीवाल, राज किशोर, आनन्द चौधरी, चन्द्रशेखर रूङ्टा र डा. अब्बुल हुसेन अन्सारी चयन भएका छन्।
निर्वाचन समितिका संयोजक लालबहादुर बोहराका अनुसार कार्यसमितिमा अध्यक्षले मनोनयन गर्ने एक सदस्य थपिनेछ। संघको नेतृत्व यस अघि अञ्जन पुडासैनीले गरेका थिए।
प्रतिक्रिया दिनुहोस