अब त सुध्रिनुपर्छ है पुरुषहरू! गलत तरिकाले पिसाब गर्दा महिलाहरू बिरामी पर्न सक्छन्


टॉयलेट सिटमा पिसाब नगर्नुहोस्: जब एउटै घरमा महिला र पुरुष सँगै बस्छन्, तब दुबै जनाले एक-अर्काको स्वास्थ्य प्रति सजग हुन जरुरी हुन्छ, नभए यसको असर निकै गम्भीर हुन सक्छ।

प्रायः पुरुषहरू आलस्यका कारण टॉयलेट सिट उठाउन नपर्ने सोचले उभिएरै पिसाब गर्छन्, जसले गर्दा पिसाब सिटमा फैलिन्छ। यस्तो व्यवहारले सँगै बस्ने महिलाहरूलाई स्वास्थ्य जोखिममा पार्न सक्छ र चिकित्सकहरूले बारम्बार यसको चेतावनी दिँदै आएका छन्।

पुरुषहरूले जिम्मेवारी लिन आवश्यक
छिमेकी राष्ट्र भारतका चिकित्सक डा. मनन वोहराले आफ्नो इन्स्टाग्राम भिडियो मार्फत पुरुषहरूलाई चेतावनी दिँदै भनेका छन्, ‘यदि तपाईं अझै पनि टॉयलेट सिटमा पिसाब गर्दै हुनु हुन्छ भने अब गम्भीर हुने समय आएको छ। पिसाब फैलाउनु केवल लापरवाही मात्र होइन, तपाईंले महिलाको स्वास्थ्यलाई जोखिममा पारिरहनु भएको छ।’ यस्तो लापरवाहीले महिलाहरूमा युरिनरी ट्रयाक्ट इन्फेक्सन (मुत्रनलीको सङ्क्रमण) र छालामा र्‍यास हुने समस्याहरू देखा पर्न सक्छन्।

महिलाहरू शान्त रुपमा सहन गरिरहेका छन्
डा. वोहराका अनुसार यस्तो समस्याका कारण महिलाहरूले औषधि खानु पर्ने, दुखाइ सहनु पर्ने अवस्था आउँछ र त्यो पनि केवल पुरुषहरूले सिट नउठाएको कारणले। ती महिला तपाईं की आमा, दिदी, श्रीमती वा छोरी हुन सक्छन्, त्यसैले थोरै सजग बन्नु होस्।

के गर्नु पर्छ
यदि सिट तल छ भने, पिसाब गर्नु भन्दा पहिला सिट उठाउनुहोस्। आवश्यक परे टॉयलेट पेपरले सफा गर्नुहोस् र प्रयोग पछि सिट फेरि झारि दिनुहोस्। यो प्रक्रिया एकदम सजिलो छ, तर यसको असर ठूलो हुन सक्छ।

घरमा अझ बढी सावधानी आवश्यक
सार्वजनिक स्थानहरूमा पुरुष र महिलाका शौचालय छुट्टै हुने भएकाले यस्तो समस्या कम हुन्छ तर घर वा होटल जस्ता स्थानहरूमा एउटै टॉयलेट प्रयोग गर्दा संक्रमणको खतरा धेरै बढ्छ। तपाईंको सानो सावधानीले घरका महिलाहरूलाई ठूलो समस्याबाट जोगाउन सक्छ।

पुरुषहरूले टॉयलेट प्रयोग गर्ने तरिकामा सुधार ल्याउनु आवश्यक छ। तपाईंको ध्यान र बानीले महिलाहरूलाई रोगबाट जोगाउन सहयोग पुर्याउन सक्छ। सजग बनौं, सुरक्षित रहौं।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!