योग गर्नु अघि र गर्ने वेला के गर्ने


नेपालमा पछिल्लो एक दशक यता शहरिया मात्र नभइ ग्रामीण क्षेत्रमा बसोवास गर्नेहरू मा समेत योग प्रति आकर्षण बढ्दो छ ।तर अधिकांश व्यक्तिले आयुर्वेदका चिकित्सक, तालिम प्राप्त योग प्रशिक्षक आदिको सल्लाहमा नभइ आफैले कहिँ देखेको, सुनेको बुझेको भरमा योग गरिरहेका छन । सके सम्म योग मान्यता प्राप्त प्रशिक्षक वा आयुर्वेदका चिकित्सक वाट सिक्नु पर्ने विज्ञहरूले बताउँदै आएका छन ।

भारत सरकारको आयुर्वेद, योग, प्राकृतिक चिकित्सा लगायतका हेर्ने आयुष मन्त्रालयले आम व्यक्तिको लागि योगको प्रोटोकल समेत तयार पारेको छ । उक्त प्रोटोकलमा योगको विविध पक्ष लाई समावेश गर्नुको साथै ‘योग गर्नु अघि र पछि’, गरिने क्रियाकलापहरूको बारेमा जानकारी समेत दिइएको छ ।

योग गर्नु अघि
भारत सरकारको आयुर्वेद, योग, प्राकृतिक चिकित्सा लगायतका हेर्ने आयुष मन्त्रालयको सामान्य योगको प्रोटोकल अनुसार योग दिसा पिसाब गरे पछि शान्त वातावरणमा आराम सँगै शरीर र मनलाई शिथिल गरेर गर्नु पर्छ ।

यस्तै योग खाली पेट वा अल्पाहार मा गर्नु पर्छ । यसो गर्दा कमजोरी अनुभव भए मनतातो पानीमा मह मिसाएर खान सकिन्छ ।
योग अभ्यास ताका शरीरलाई सहज हुन हलुका सुती को लुगा लगाउनुको साथै थकाइ, बिरामी, हडबडी वा तनावमा योग गर्नु हुदैन ।

पुरानो रोग, दुखाइ, वा मुटु सम्बन्धी समस्या भएकाहरूले योग शुरु गर्नु अघि डाक्टर वा योग विशेषज्ञ सँग परामर्श लिन बिर्सनु हुन्न । यस्ते महिनावारी र गर्भावस्थाको समय विशेषज्ञको सल्लाह विना योग गर्नु नहुने आयुष विभागको प्रोटोकल मा उल्लेख छ ।

योग गर्ने वेला
आयुषको प्रोटोकल अनुसार योग अभ्यासको सुरुवात प्रार्थना वाट गर्नु पर्छ । यसले मस्तिष्कलाई शिथिल गर्न शान्त वातावरण तयार पार्छ ।योग अभ्यास लाई आरामदायक स्थितिमा शरीर एवं स्वास प्रस्वासको सजगता को साथ विस्तारै विस्तारै शुरु गर्नु पर्छ ।

योग अभ्यासको विशेष रुपमा नभनिए सम्म समय स्वास प्रस्वासको गति भने रोक्नु हुदैन ।अन्य विधिले स्वास लिन नभनिए सम्म योग गर्दाताका नाकले मात्र सास फेर्नुपर्छ ।

योग अभ्यास गर्दाताका शरीरलाई शिथिल राख्नु पर्छ कुने प्रकारको झड्का दिनु हुदैन ।योग अभ्यास आफ्नो मानसिक र शारीरिक क्षमता अनुसार नै गर्नु पर्छ ।

योग अभ्यास वाट देखिने राम्रो परिणाम को लागि केही समय लाग्न सक्ने भएकोले नियमित र निरन्तर अभ्यास धेरै आवश्यक छ ।
प्रत्येक योग अभ्यासको लागि हुने निर्देशन, सावधानी एवं सीमा लाई पालना गर्नु पर्छ ।योग अभ्यास सत्रको समाप्ति सधैँ ध्यान गहन मौन र शान्ति पाठ वाट गर्नु पर्ने आयुषको प्रोटोकलमा उल्लेख छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!