वायु र ध्वनि प्रदूषणको दोहोरो असरले स्ट्रोकको जोखिम अझै बढ्दो


हावामा पाइने सूक्ष्म कण र सवारीसाधनको आवाज दुवैले स्वास्थ्यमा गम्भीर असर पार्ने गरेको र यसले मस्तिष्कघात (ब्रेन स्ट्रोक) को जोखिम उल्लेख्य रूपमा बढाउने गरेको एक अध्ययनले देखाएको छ।

स्विडेनको करोलिन्स्का इन्स्टिट्युटअन्तर्गतको इनभाइरन्मेन्टल मेडिसिन संस्थाद्वारा गरिएको यो अनुसन्धान ‘इनभाइरन्मेन्ट इन्टरनेशनल’ नामक वैज्ञानिक पत्रिकामा प्रकाशित भएको हो।

अनुसन्धानकर्ताहरूले युरोपेली संघ र विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का मापदण्डहरूलाई आधार मानेर यो अध्ययन गरेका हुन्। अनुसन्धानमा स्विडेन, डेनमार्क र फिनल्याण्डका १ लाख ३६ हजार ८९७ जना वयस्कको स्वास्थ्य सम्बन्धी तथ्यांक समावेश गरिएको थियो।

नतिजा अनुसार, वायुमण्डलमा सूक्ष्म कण (पीएम २.५) को मात्रा प्रति घन मिटर ५ माइक्रोग्रामले बढ्दा स्ट्रोकको जोखिम ९ प्रतिशत सम्म बढ्ने देखिएको छ।

यस्तै, सवारी साधनको आवाज ११ डेसिबलले बढेमा स्ट्रोकको खतरा ६ प्रतिशत सम्म बढ्ने पाइएको छ। जब यी दुवै कारकहरू एउटै स्थानमा एक साथ उपस्थित हुन्छन् भने स्ट्रोकको जोखिम अझै धेरै बढ्ने देखिएको छ।

शान्त क्षेत्रहरू, जहाँ आवाजको स्तर ४० डेसिबल सम्म मात्र थियो, त्यहाँ पनि पीएम २.५ को स्तर बढ्दा स्ट्रोकको खतरा ६ प्रतिशतले बढेको पाइएको छ। तर, बढी आवाज हुने क्षेत्रहरू (८० डेसिबल) मा यो खतरा ११ प्रतिशत सम्म पुगेको उल्लेख गरिएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!