‘ओलीको हार बन्ने भयो बालेन सरकार’, झापा-५ मा ओलीलाई करिब ५० हजार मतान्तरले हराउँदै बालेन शाह निर्वाचित
काठमाडौँ -झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन । उनले ६८ हजार ३४८ मत प्राप्त गर्दै नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गरेका हुन ।
यो निर्वाचन परिणाम सँगै अब नेपालमा बालेनको नेतृत्वमा सरकार भन्ने निश्चित प्राय भएको छ । एमाले अध्यक्ष ओलीले १८ हजार ७२४ मत पाए। दुवैबीच ४९ हजार ६१४ मतको फराकिलो अन्तर रहेको छ।
काठमाडौँ महा नगरपालिकाका पूर्वमेयर समेत रहेका शाहले उम्मेदवारी दिएपछि झापा–५ मा ओली सँगको प्रतिस्पर्धा निकै चर्चा मा रहेको थियो।
३६ वर्षीय बालेन्द्र शाह (बालेन) पेशाले स्ट्रक्चरल इन्जिनियर हुन्। चार वर्षअघिसम्म र्यापरका रूपमा नयाँ पुस्ता माझ चिनिएका उनी काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित भए पछि राष्ट्रिय स्तरमा चर्चित बनेका थिए।
काठमाडौँको गौरी गाउँमा जन्मिएका शाह आयुर्वेदिक चिकित्सक डा. रामनारायण शाह र ध्रुवदेवी शाहका छोरा हुन। उनले ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक तथा भारतको कर्नाटकस्थित विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन।
यो पनि पढ्नुस्👉 बालेन्द्रबाट बालेन हुँदै बालेन सरकार अबकी बार ?

प्रतिक्रिया दिनुहोस