वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषि काफ्लेलाई पुत्रशोक
काठमाडौँ – वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषि कुमार काफ्लेलाई पुत्रशोक परेको छ। उनको एकमात्र छोरा, ४१ वर्षीय इन्जिनियर निरीष काफ्लेको शुक्रबार सडक दुर्घटनामा परी निधन भएको हो।
पारिवारिक स्रोतका अनुसार हेटौँडा जाने क्रममा निरीषले चलाएको कार दुर्घटनामा परेको थियो। दुर्घटनामा उनको घटनास्थल मै मृत्यु भएको हो। केही वर्ष अघि मात्र डा. काफ्ले ले छोरी गुमाएका थिए ।
अमेरिका बस्दै आएका निरीष चार महिना अघि मात्र नेपाल फर्किएका थिए। डा. काफ्ले चिकित्सा क्षेत्रका साथै सामाजिक सेवामा समेत सक्रिय व्यक्तित्व हुन ।

प्रतिक्रिया दिनुहोस