गर्मीमा काखी को पसिना र दुर्गन्धले हैरान, छालारोग तथा सौन्दर्य विशेषज्ञ डा.धर्मेन्द्र कर्ण को सल्लाह


गर्मी मौसम शुरु भयो । हरेक मौसमको आफ्नै मज्जा र आफ्नै खालको समस्या हुन्छ । अहिले पसिना र यसको दुर्गन्ध सबैभन्दा ठुलो टाउको दुखाइ हो । जतिसुकै राम्रो लुगा लगाए पनि, यो पसिनाले हात उठाउन लायक बनाउदैन । त्यसमा पनि विशेष गरी काखीको दुर्गन्ध । यो समस्या विशेष गरी ती मानिसहरूका लागि विपत्तिको रूपमा आउँछ, जलाई बढी पसिना आउँछ । यो अवस्थाको सामना गर्न थुप्रै उपायहरू अपनाइए पनि तिनीहरूको सफलताको कुनै ग्यारेन्टी छैन । यस्तो अवस्थामा छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा. धर्मेन्द्र कर्ण द्वारा बताइएका केही टिप्स काम आउन सक्छ ।

किन धेरै पसिना ?
धेरै बढी पसिना आउनुलाई चिकित्सा शास्त्र को भाषामा ‘हाइपरहाइड्रोसिस’, भनिन्छ । यो अवस्था दुई कारणले हुन सक्छ । पहिलो, प्राकृतिक रूपमा शरीरमा अत्याधिक पसिना आउनु र दोस्रो, बाहिरी परिस्थितिको कारण बढी पसिना आउनु ।

उसो गर्मीमा शरीरमा तापमान नियन्त्रित गर्नलाई रोम छिद्र द्वारा पसिना निस्किन्छ । यसले शरीरको अपशिष्ट पदार्थ लाई बाहिर निकालेर चिसो पार्छ । स्वास्थ्यको दृष्टिकोणले भन्नु पर्दा बढी पसिना आउनु समेत राम्रो होइन ।

हाइपरहाइड्रोसिसको अवस्थामा के हुन्छ ?
कहिलेकाँही हाइपरहाइड्रोसिसले शरीरको एक विशेष भागलाई बढी असर समेत गर्छ । जसको अर्थ हो त्यो भागमा अन्य खण्डहरु भन्दा बढी पसिना आउनु । यसमा सबैभन्दा सामान्य शरीरका अंगहरू, काखी ( अन्डर आर्म ) आदि हुन । यसका साथै हात खुट्टामा अत्याधिक पसिना आउने समस्या पनि हुन सक्छ ।

काखी को पसिनाबाट कसरी छुटकारा पाउने
यो स्थिति ले धेरै लाजमर्दो समस्या निम्त्याउन सक्छ । धेरै पटक, आत्मविश्वास लाई प्रभावित गर्दै, यसले सामान्य जीवनलाई पनि असर गर्छ । यस्तो अवस्थाबाट बच्न डा. कर्ण ले एन्टिपर्सपिरेन्ट डियोडोरेन्ट प्रयोग गर्न सल्लाह दिन्छन् ।

यसमा उनले मिनरल्समा आधारित र आरारोट पाउडरमा आधारित डियोडोरेन्टस लाई सबै भन्दा राम्रो विकल्प बताए । उनले यी एन्टिपर्सपिरेन्टहरू दिनमा दुई पटक प्रयोग गर्न सुझाव समेत दिए ।

यस्तै जसरी तपाईंहरू छालाको मृत कोषलाई सफा गर्न अनुहार लगायतका भागमा एक्सफोलिएट गर्नु हुन्छ त्यस्तै काखी मा पनि गर्न सकिन्छ , जव पोर्स सफा हुन्छ तव पसिना समेत कम आउँछ ।

डा.कर्णका अनुसार गर्मी याममा तातो पानीले न नुहाए तपाइको काम चल्दैन भने नहाए लगत्तै लुगा न लगाउनुस । केही समय पर्खनुस । यसले तपाइको शरिर चिसो हुन समय पाउछ । यसले पसिना वन्ने प्रकृयामा केही नियन्त्रण आउँछ ।

चिसो पानीमा आधा कागतीको रस निचोरेर त्यो पानीले नुहाउदा समेत मन फ्रेस हुनु को संगै पसिना समेत कम देखिन सकिन्छ । बढी पसिनाको समस्या छ भने, काखीको कपाललाइ समेत सफा राख्ने गर्नुस । कपालमा नमी रहदा दुर्गन्ध आउन लाग्छ ।

यस्तै टाइट लुगा भने नलगाउनुस । सुती को खुकुलो लुगा लगाउनुस । लुगा तपाइको काखीको क्षेत्रमा टाइट भएका समेत हुनु हुन्न । धेरै बढी कैफीन ले निर्मित पदार्थको सेवन गर्दा समेत बढी मात्रामा पसिना आउने भएकोले यसको उपयोग कम गर्नु पर्छ । यस्तै बढी पिरो मसालेदार खानेकुरा कम खानु पर्छ । बढी मसालेदार खानपानले समेत पसिना बढाउछ । योगा, ध्यान आदिले समेत शरीरको नाडीहरुलाइ शान्त राखेर बढी मात्रामा पसिना वन्ने प्रकृयालाइ कम गर्न सक्छ ।

उपचारले पनि पसिना कम
डा.धर्मेन्द्रले अत्यधिक पसिना आउने समस्यालाई कम गर्न केही उपचारका बारेमा पनि बताए । हाइपरहाइड्रोसिस भएका व्यक्तिले बोटेक्स र रेडियो फ्रिक्वेन्सी उपचार पनि लिन सक्ने उनले जानकारी दिए । यसले पसिनालाइ कम गर्छ । साथै, उनले काख धुन बेन्जोल आधारित वाँस प्रयोग गर्न सल्लाह दिए, जसले पसिनाको गन्ध कम गर्न मद्दत गर्छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!