अनुसन्धान

सयौं पटक विषालु सर्पले टोकेको व्यक्तिको रगतबाट वैज्ञानिकहरूले बनाए नयाँ सर्पदंश खोप


काठमाडौँ – सयौं पटक विषालु सर्पले टोकेको एक व्यक्तिको रगत प्रयोग गरी वैज्ञानिकहरूले हाल सम्मकै सबै भन्दा प्रभावकारी सर्पदंश विरुद्धको खोप (एण्टीभेनम) विकास गरेका छन् ।

वैज्ञानिकहरूका अनुसार यो खोप विकास गर्न त्यस्तो व्यक्तिको रगत प्रयोग गरिएको हो, जसले बारम्बार सर्पदंश सहँदै गएको कारण सर्पको विषप्रति अति प्रतिरोधात्मक क्षमता (हाइपर इम्युनिटी) विकास गरेका थिए।

टिम फ्रिडे (टिमोथी फ्राइडे) नामक अमेरिकी व्यक्तिले आफूलाई सयौं पटक विभिन्न विषालु सर्पहरूबाट टोकाएका छन्। वैज्ञानिकहरूले अहिले उनको रगतको नमुना संकलन गरी सर्पदंश विरुद्धको औषधि बनाउँदैछन्।

सर्पदंशबाट मानिसहरूलाई बचाउन पाउने प्रेरणाका कारण फ्रिडेले सुरुमा सर्पको विषको सानो मात्रा शरीरमा लिने अभ्यास गरे। विस्तारै मात्रा बढाउँदै गएर उनले विष प्रतिरोध गर्ने क्षमता विकास गरे र पछि सर्पले टोकेर विष सिधा शरीरमा झार्न थाले।

सेल जर्नलमा प्रकाशित एक अध्ययनले देखाएको छ कि फ्रिडेको रगतबाट बनाइएको नयाँ एण्टीभेनमले मुसालाई ब्ल्याक माम्बा, किङ कोब्रा र टाइगर सर्पको विषबाट बचाउन सफल भएको छ।

जर्नलले जनाए अनुसार फ्रिडेको रगतमा दुई विशेष एन्टिबडी फेला परेका छन्, जसले विभिन्न प्रजातिका सर्पहरूको विषलाई निष्क्रिय पार्न सक्छ। वैज्ञानिकहरूको उद्देश्य यस्तो उपचार विकास गर्नु हो, जुन एकै चोटि धेरै प्रकारका सर्पदंशमा काम लागोस्।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!