अनुसन्धान
गर्भावस्थामा आमाको तनावले भ्रूणको मस्तिष्कमा असर

एक अध्ययनले देखाएको छ कि गर्भावस्थाको समयमा आमाले भोगेको तनावले भ्रूणको मस्तिष्क विकासमा प्रभाव पार्दछ । यो अध्ययनले बच्चा जन्मिएपछि देखिने स्वास्थ्य अवस्थालाई समेत उजागर गरेको छ।
इजरायली अनुसन्धान कर्ताहरूले गर्भवती महिलाहरूलाई तनावबाट जोगिन सल्लाह दिएका छन्, जसले गर्दा बच्चाले भविष्यमा मानसिक स्वास्थ्य सम्बन्धी चुनौतीहरू भोग्न नपरोस्।
यो अनुसन्धान यरुशलम स्थित हिब्रू विश्वविद्यालय का वैज्ञानिकहरूको नेतृत्वमा गरिएको हो । यसको निष्कर्ष मालिक्युलर साइकियाट्री जर्नलमा प्रकाशित भएको छ। अनुसन्धानका लागि १२० नवजात शिशुहरू र उनीहरूको आमाको जन्म समयको रक्त नमूनाको विश्लेषण गरिएको थियो।
अध्ययन अनुसार आमामा देखिएको तनावले भ्रूणमा मालेक्युलर रिप्रोग्रामिङ गराउन सक्छ, विशेष गरी कोलिनेर्जिक प्रणालीमा, जुन तनाव र सुन्याई लाई व्यवस्थापन गर्ने तन्त्रिका कोशिकाहरू को नेटवर्क हो ।
अनुसन्धान कर्ताहरूको ध्यान स्मल आरएनए अणुहरूमा केन्द्रित थियो, जसलाई टिआरएफ भनेर चिनिन्छ । ती मध्ये धेरै जसो माइटोकन्ड्रियल डीएनए बाट उत्पन्न हुन्छन र तीनले कोषहरूमा तनाव सँग सम्बन्धित क्रियाकलाप लाई नियमन गर्न महत्त्वपूर्ण भूमिका खेल्दछन्।
अनुसन्धान टोलीका अनुसार बच्चाले पहिलो सास लिनु अघि नै आमाले भोगेको तनाव सँग उसले कसरी प्रतिकृया जनायो भन्ने कुराले उसमा दीर्घकालीन असर देखाउँछ। साथै, यो असर लिङ्ग अनुसार फरक देखिएको समेत उल्लेख गरिएको छ।
यस अध्ययनले बालबालिकाको प्रारम्भिक मानसिक स्वास्थ्य संरक्षण र दीर्घकालीन तनाव व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्न सक्छ।
प्रतिक्रिया दिनुहोस