‘कक्लियर ईम्प्लान्ट अर्थात श्रवण अपांगता माथि विजय’


स्नातक तहमा पढ्दै गर्दा एक्कासि दुबै कानको सुन्ने शक्ति गुमाएर आत्महत्या गर्ने सोचमा पुगेका एक २४ वर्षीय युवकले कक्लियर इम्प्लान्ट पश्चात पुनः सुन्न थालेपछि कस्तो अनुभुति भयो भन्ने जिज्ञासाको जवाफ दिने व्यक्ति हाल हाम्रै माझमा छन्

१३ वर्षसम्म आफ्नो श्रवण शक्ति पुर्णरुपले गुमाएर अति कष्टकर जीवन भोग्नु परेको २७ वर्षको उमेर पुगेपछि बल्ल कक्लियर इम्प्लान्ट मार्फत सुन्न थालेपछि जीवनमा आएका परिवर्तनहरूको यथार्थता बताउन सक्ने एक महिला पनि हामी माझमा नै छिन्

जन्मजात नसुन्ने भएर बोली तथा भाषाको विकास नभइ समाजमाबहिरा लाटाका आमा बुबा को रुपमा अपमान खेपेका अभिभावकले आफ्ना बच्चाको कक्लियर इम्लान्ट शल्यक्रिया पछि आमा बाबा भनेर बोलाउन थालेपछि ती अभिभावकको आँखामा रसाएका खुशीका आँसुको वर्णन गर्न सक्ने थुप्रै अभिभावकहरू पनि हाम्रो सम्पर्कमा छन्

यस्ता बिभिन्न अनुभुति, अनुभव, हर्ष, आसु, भावनामा विलीन हुन पाउँदा हामी कक्लियर इम्प्लान्टमा काम गर्ने चिकित्सक, अडियोलोजिस्ट तथा स्पीच थेरापिस्टलाई अनुपम आनन्दको महसुस हुन्छ

माथि उल्लेखित परिस्थितिहरू सृजना भई उपचारमा भौतारिँदै रहेका सम्पूर्ण नेपालीहरूले यस्तो समस्याको उपचार सम्भव त्यो पनि नेपालमा नै सम्भव भनी जान्न आवश्यक  

कक्लियर इम्प्लान्ट के हो
कक्लियर इम्प्लान्ट  मानव कानले जस्तै सुनाईको काम गर्ने एक आधुनिक यन्त्र हो, जसको प्रयोगबाट कान पटक्कै नसुन्ने व्यक्तिलाई सुन्न सक्ने बनाउन सकिन्छ

कक्लियर इम्प्लाण्टको दुई वटा भाग हुन्छन् एउटा भाग अपरेशन गरेर कानको पछाडि छालाभित्र हड्डीमै जडान गरी तार युक्त ईलेक्ट्रोडलाई कानको भित्री भाग कक्लियामा राखिन्छ

अर्को भागलाई स्पीच प्रोसेसर भनिन्छ, जुन छालाबाहिर रहन्छ चुम्बकद्वारा भित्री भागसँग जोडिन्छ बाहिर जडान गरिएको भागमा माइक्रोफोन हुन्छ जसवाट वातावरणको आवाज स्पीच प्रोसेसर सम्म पुग्दछ

स्पीच प्रोसेसरबाट विभिन्न ध्वनि शक्तिलाई विभाजित गरी भित्र जडान गरिएको इम्प्लान्टमा रेडियोफ्रिक्वेन्सी सिग्नलवाट पठाइन्छ यसरी आएका ध्वनी शक्ति भित्र जडान गरिएको इम्प्लान्टवाट ईलेक्ट्रीकल शक्तिमा परिणत हुन्छ जुन कक्लियामा राखिएको ईलेक्ट्रोडसम्म पुग्दछ

त्यहाबाट यी विद्यूतिय सूचना कक्लियर नर्भ नामक नशा मार्फत दिमागसम्म पुग्दछ आवाज सुनिन्छ यसरी कक्लिएर इम्प्लान्टले कानको खराव भइसकेको भित्री कक्लियालाई बाइपास गरी आवाजलाई दिमागसम्म पुर्याउदछ

कसलाइ कक्लियर इम्प्लान्ट गर्न सकिन्छ ?
. जन्मजात सुन्न नसक्ने बाल बालिकाको लागि कक्लियर इम्प्लान्ट बरदान नै सावित भएको पुरै नसुन्ने भएपछि ती बाल बालिकाले बोल्न पनि नसक्ने हुन्छन् यस्ता बाल बालिकाको समयमा नै समस्याको निदान गरी कक्लियर इम्प्लान्ट गरेर स्पीच थेरापी पश्चात साधारण व्यक्तिमा परिवर्तन गर्न सकिन्छ अशिक्षाले भनौ वा चेतनाको अभावले यस्ता समस्या समयमा नै पहिचान नहुादा कक्लियर इम्प्लान्ट गर्न ढिला भई बोली तथा भाषाको  विकास हुन नसक्ने हुन्छ यसरी जन्मजात नसुन्ने बाल बालिकाको हकमा वर्षको उमेर भन्दा अगाडि कक्लियर इम्प्लान्ट गर्न सकेमा धेरै राम्रो हुन्छ, भने बर्ष पछि कक्लियर इम्प्लान्ट मार्फत श्रवण शक्ति राम्रो बनाउन सके पनि बोलि भाषाको बिकासमा राम्रो प्रगति नहुन सक्छ

. राम्रो सुन्न बोल्न सक्ने व्यक्तिमा कुनै पनि कारणले पूर्ण श्रवण शक्ति गुमेको अबस्थामा कक्लियर इम्प्लान्ट मात्रै एक समाधानको उपाए हो जसले श्रवण शक्ति फर्काउन सक्छ श्रवण शक्ति पूर्ण रुपमा गुम्ने कारणहरुमा हााडे, टाइफाइट ज्वरो, मेनिनजाइटिस, दादुरा, ल्यावेरिनथाइटिस जस्ता रोग नै प्रमुख हुन्  यसका साथै बिभिन्न औषधीको सेवनबाट श्रवण शक्ति गुमाएकाहरुलाई पनि कक्लियर इम्प्लान्ट गर्न सकिन्छ

. लामो समयसम्मको कानको संक्रमन भई समयमा उपचार नपाई संक्रमण भित्री कानमा फैलिई पुर्णरुफमा श्रवण शक्ति गुमाएकाहरुमा कानको संत्रमणको उपचार पश्चात कक्लियर इम्फ्लान्ट शल्यक्रिया गरी श्रवण शत्ति फर्काउन सकिन्छ

. उमेरको कारणले कानको भित्री भाग कक्लियामा हुने परिवर्तनले गर्दा सुनाई शक्ति कम भएपछि हियरिङ्ग एड (श्रवण यन्त्र) को प्रयोगबाट सुनाईमा प्रगति नभएकाहरुलाई कक्लियर इम्प्लान्टबाट सुन्न सक्ने बनाउन सकिन्छ

. कुनै कारणबाट एउटा कानको श्रवण शक्ति पुर्ण रुपले गुमेको अवस्थामा बाइनअउरल हियरिङ्ग (दुवै कानको सुनाई) को फाईदा पाउनको लागि कक्लियर इम्लान्ट गर्न सकिन्छ एउटा  माक्र कानको सुनाई गुम्दा  सो व्यत्तिले आवाजको श्रोत कुन दिशाबाट आएको हो कति टाढाबाट आएको हो भनी पहिचान गर्न सक्दैन यसका साथै भिडभाड वा हल्ला भएको ठााउमा आवाज राम्ररी बुझ्न सक्दैन यी समस्याको समाधानको लागि कक्लियर इम्प्लान्ट नै एक मात्र विकल्प हो

. कानको अन्य समस्या जस्तै श्रवण न्यूरोपैथी स्पेक्ट्रम विकार (एएनएसडी) , उन्नत वा कक्लियर ओटोस्क्लेरोसिस, जस्ता समस्या भएमा पनि कक्लियर इम्प्लान्ट को प्रयोगबाट श्रवण शक्ति रामे बनाउन सक्छ

भ्रम तथा यथार्थ
. नसुन्ने नबोल्ने बच्चालाई कक्लियर इम्प्लान्टको शल्यक्रिया गर्ने बित्तिकै सुन्ने बोल्ने हुन्छ भन्ने भ्रम पनि समाजमा पाइन्छ कक्लियर इम्प्लान्टले नसुन्नेलाई सुन्न सक्ने बनाउन सकिन्छ तर निश्चित तरीकाको तालिम दिएपछि मात्र सुन्ने हुन्छ बोली भाषाको विकास गर्न पनि विशेष तालिम दिनै पर्छ अन्यथा शल्यक्रिया गरेर कुनै फाईदा हुने छैन कक्लियर इम्प्लान्टको प्रयोगबाट श्रवण शक्ति रामे बनाउन बाहिर जडान गरिने स्पीच प्रोसेसरको सहि तरिकाको फिटिङ्ग को पनि त्यत्ति नै ठुलो भुमिका हुन्छ

. जन्मजात सुनाई सम्बन्धी अपांगता भएका ३०/३५ बर्ष उमेर पुगेका व्यक्तिलाई कक्लियर इम्प्लान्टले बोल्न सक्ने बनाउंछ कि भनेर जााच गर्न पनि कतिपय व्यक्तिहरु हाम्रो सम्पर्कमा आएका हुन्छन् जन्मजात सुनाई सम्बन्धी अपांगता भएका ३०/३५ बर्ष उमेरका व्यक्तिलाई कक्लियर इम्प्लान्ट गर्दा केही फाइृदा गर्दैन दिमागको विकासमा हुनपर्ने सबै विकास भइ सकेपछि सुन्न बोल्न आवश्यक पर्ने दिमागका भागको विकास हुन सक्दैन त्यसकारण यस्ता व्यक्तिका लागि भावनात्मक सदभाव देखाएर कक्लियर इम्प्लान्ट गर्न उत्साहित नगरेको राम्रो हुन्छ

नेपालमा कक्लियर इम्प्लान्टको लागि हाल कस्तो व्यवस्था ?
नेपालमा कक्लियर इम्प्लान्टको आवश्यक पर्ने समुह धेरै भए पनि यसको प्रयोग गर्न चाहनेहरुको संख्या निकै कम यस्तो हुनुका कारणहरुमध्ये यसको लागि लाग्ने उच्च खर्च तथा अपरेशन पछि गर्नुपर्ने मेहनेत नै प्रमुख कारणहरु हुन्

यस बाहेक, यो प्रविधिको ज्ञान तथा सिप भएका जनशक्तिको कमी पनि एक थप कारण हो निम्न आर्थिक अवस्थाको कारणले कक्लियर इम्प्लान्टको प्रयोग गरी उपचार गराउन असक्षमलाई केहि हदसम्म सक्षम बनाउनका लागि .. २०७४/०७५ देखि नेपाल सरकारबाट अनुदान सहयोगको व्यवस्था भएको जसले गर्दा नेपालीलाई केहि राहत मिलेको

हालको व्यवस्था अनुसार कक्लियर इम्प्लान्टको प्रयोग गर्नुपर्नेले प्रतिव्यक्ति लाख पचास हजार रुपैया नेपाल सरकारको तर्फबाट आर्थिक सहयोग पाउंदछन् नेपालमा यो प्रविधिको ज्ञान तथा सिप भएका चिकित्सक, अडियोलोजिस्ट तथा स्पीच थेरापिस्ट गरी तीन वटै विधा एकै छाता त्रि.वि.शिक्षण अस्पताल महाराजगंजमा मात्र उपलब्ध

संक्षेपमा
कक्लियर इम्प्लान्ट आज अपरेशन गरेपछि भोली नै सुन्न बुझ्न सक्ने होइन यसको लागि उपयुक्त तथा सहि म्यापिङ्ग भएपछि मात्र सुन्न सक्ने हुन्छ आवाज बुझ्नको लागि सहि तरिकाको तालिम (थेरापी) लिनुपर्छ

यो एकटिम वर्कहो, जसमा राम्रो अपरेशन, उचित म्यापिङ्ग सहि थेरापीका साथै परिवार समाजको समान भूमिका हुन्छ यदि अपरेशन मात्र गर्ने तर म्यापिङ्ग थेरापीमा उपस्थित हुन नसक्ने वा व्यवस्था गर्न सकिदैन भने कक्लियर इम्प्लान्ट कार्यक्रम सफल हुन सक्दैन श्रवण अपांगता माथिको विजय पाउन तीन वटै विधा सहितको कक्लियर इम्प्लान्ट कार्यक्रमलाई नै सफल बनाउनु पर्छ
                              (
डा.प्रधानांग त्रिवि शिक्षण अस्पताल, महाराजगंजमा नाक कान घांटी विभागका सहप्राध्यापक हुन )


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!