अनुसन्धान
होहल्ला भएको वातावरणमा परेली झिम्क्याउने दर घट्छ
होहल्ला भएको वातावरणमा मानिसले कम परेली झिम्क्याउने गरेको एक अध्ययनले देखाएको छ। अध्ययन अनुसार यस्तो अवस्था मस्तिष्कले बोली बुझ्नका लागि बढी मानसिक प्रयास गरिरहेको संकेत हुन सक्छ। परेली झिम्क्याउने क्रियाले दैनिक सुन्ने प्रक्रियामा लाग्ने मानसिक मेहनत प्रतिबिम्बित गर्ने निष्कर्ष निकालिएको छ।
उक्त अध्ययन ‘ट्रेन्ड्स इन हियरिङ’ नामक वैज्ञानिक पत्रिकामा प्रकाशित भएको हो, 👉 जसलाई यहाँ क्लिक गरेर पढ्न सकिन्छ । यसमा दुईवटा प्रयोग समावेश छन्, जसले विभिन्न परिस्थितिमा उत्तेजना प्रति प्रतिक्रिया दिँदा परेली झिम्क्याउने ढाँचा कसरी बदलिन्छ भन्ने देखाएको छ। प्रकाशको परिवर्तनले भने परेली झिम्क्याउने दरमा उल्लेख्य प्रभाव नपरेको अध्ययनले जनाएको छ।
क्यानडाको कन्कोर्डिया विश्वविद्यालयका अनुसन्धानकर्ताले साउन्ड प्रुफ कोठामा ५० जना वयस्क सहभागीको परीक्षण गरेका थिए। सहभागीले स्क्रिनमा देखाइएको क्रसमा ध्यान केन्द्रित गरेका थिए। हेडफोन मार्फत छोटा वाक्य सुन्ने क्रममा, पृष्ठभूमिको होहल्ला शान्त देखि तीव्र सम्म फरक पार्दै समय अनुसार परेली झिम्क्याउने गतिविधि रेकर्ड गरिएको थियो।
अनुसन्धान टोलीका अनुसार वाक्य सुन्ने क्रममा सहभागीको परेले झिम्क्याउने दर, वाक्य सुरु हुनु अघि र सकिए पछिको समयको तुलनामा लगातार घट्दै गएको देखियो। सबै भन्दा धेरै हल्ला भएको अवस्थामा, जहाँ बोली बुझ्न सबै भन्दा कठिन हुन्छ, परेली झिम्क्याउने दर विशेष रूपमा कम भएको पाइएको छ।
प्राध्यापक मिकेल डेरोचेका अनुसार, ‘हाम्रो अध्ययनले परेली झिम्क्याउने क्रिया दृश्य र श्रव्य दुवै सूचनाको क्षणिक अभावसँग सम्बन्धित रहेको देखाउँछ। सम्भवतः यही कारण हो कि महत्वपूर्ण सूचना आइरहेका बेला मानिसले परेली झिम्क्याउने दर घटाउँछन्।’
दोस्रो प्रयोगमा अनुसन्धानकर्ताले अँध्यारो, मध्यम र तेज प्रकाश भएका कोठामा फरक फरक स्तरको पृष्ठभूमि हल्ला राखी परेली झिम्क्याउने दरको परीक्षण गरेका थिए।

प्रतिक्रिया दिनुहोस