डब्लुएचओ को चेतावनी: धूम्रपानले बालबालिकामा पुड्कोपन बढाउँछ


काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बालबालिकामा पुड्कोपन को समस्या धूम्रपानसँग प्रत्यक्ष रूपमा जोडिएको भन्दै गम्भीर चेतावनी दिएको छ।

हालै सार्वजनिक गरिएको नयाँ प्रतिवेदनमा डब्लुएचओले धूम्रपानका कारण विश्व भर करिब १५ करोड बालबालिका पुड्कोपन को जोखिममा परेको तथ्य प्रस्तुत गरेको छ। यो समस्या विशेष गरी एशिया र अफ्रिकामा बढी देखिन्छ, जसले रोग, ढिलो विकास र मृत्युको सम्भावना समेत बढाउँछ।

डब्लुएचओको प्रतिवेदन अनुसार गर्भावस्थामा आमाले धूम्रपान गर्दा समय पूर्व (प्रिम्याच्योर) जन्म, कम तौल र गर्भमा नै विकास अवरुद्ध हुने खतरा हुन्छ, जसले दुई वर्ष मै बच्चा पुड्कोपनको जोखिममा पर्छन्।

गर्भावस्थामा धेरै धूम्रपान गर्दा असर अझ गम्भीर हुने वैज्ञानिक प्रमाणहरू पनि प्रस्तुत गरिएको छ। तर, गर्भावस्थामा धूम्रपान छोड्दा बालबालिकाको विकासमा सकारात्मक असर देखिने तथ्य पनि जोडिएको छ।

डब्लुएचओका स्वास्थ्य निर्धारक, प्रवर्द्धन तथा रोकथाम विभागका निर्देशक डा. एटियेन क्रगले भने, ‘पुड्कोपन ले बच्चाहरूको बढ्ने, सिक्ने र सफल जीवन बिताउने अधिकार खोस्छ। धूम्रपान गर्ने अभिभावकका बच्चाहरूमा पुड्कोपन को जोखिम झन् बढी हुन्छ।’

डब्लुएचओका अनुसार तमाखुको धुवाँमा हजारौँ विषालु रसायन हुन्छन, जसले गर्भ र बच्चाको स्वास्थ्यमा दीर्घकालीन असर गर्छ। यसलाई रोक्न सकिने भएकाले सबै देशलाई तत्काल प्रभावकारी नीति बनाउन आह्वान गरिएको छ।

संगठनले देशहरूलाई डब्लुएचओको प्रेम वर्क कन्भेन्सन अन टोब्याकको कन्ट्रोल र एमपावर रणनीति पूर्ण रूपमा लागू गर्न आग्रह गरेको छ। यस अन्तर्गत गर्भवती महिला र बच्चालाई सेकेन्ड ह्यान्ड स्मोक बाट जोगाउने, विशेष गरी गर्भवती महिलाका लागि धूम्रपान त्याग सेवामा पहुँच बढाउने, सबै  घरभित्र (इनडोर) सार्वजनिक स्थानलाई धुवाँ मुक्त बनाउने आदि छन् ।

स्मरण रहोस् धूम्रपान गर्ने अभिभावकका बच्चामा पुड्कोपन को सम्भावना उच्च हुन्छ। यस्तै गर्भावस्थामा आमाले धूम्रपान गर्दा गर्भको विकास रोकिँदा दीर्घकालीन स्वास्थ्य समस्या देखिन्छ। जन्म पछिको सेकेन्ड ह्यान्ड स्मोक दोस्रो धुवाँ ले श्वास प्रश्वास र विकासमा समस्या बढाउँछ ।

डब्लुएचओले थप अनुसन्धानको आवश्यकता औंल्याउँदै गर्भवती महिलालाई धूम्रपानबाट जोगाउनु बालबालिकाको जीवित रहने सम्भावना, स्वास्थ्य र विकासमा सुधार ल्याउने प्रमुख कदम भएको जनाएको छ। यसले विश्वव्यापी  स्वास्थ्य लक्ष्य हासिल गर्न पनि टेवा पुर्‍याउनेछ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!