बाल्यकालको तनावले मानसिक स्वास्थ्यमा गहिरो असर

बाल्यकालमा भोगिएको तनाव केवल तत्कालीन असरमा सीमित नरही, दीर्घकालीन मानसिक स्वास्थ्य समस्याको जरो बन्न सक्ने प्रमाणित भएको छ। समयमै पहिचान र रोकथाम रणनीति अपनाइयो भने, भावी पुस्तालाई गम्भीर मानसिक रोगबाट जोगाउन सकिने सम्भावना प्रबल छ।
बाल्यकालमा भोगिएको तनाव र कठिन अनुभवले मानसिक स्वास्थ्यमा दीर्घकालीन असर पार्न सक्ने ‘ब्रेन मेडिसिन’ नामक वैज्ञानिक पत्रिकामा प्रकाशित एक नयाँ अन्तर्राष्ट्रिय अनुसन्धानले देखाएको हो ।
इटलीको मिलान स्थित (आइआरसीसिएस) ओस्पेडाले सैन रैफेल का वरिष्ठ अनुसन्धानकर्ता सारा पोलेटी नेतृत्वको अध्ययनले बताएको छ कि बाल्यकालमा प्राप्त मानसिक आघातले मस्तिष्कको संरचना र प्रतिरक्षा प्रणालीमा स्थायी परिवर्तन ल्याउँछ, जसले भविष्यमा डिप्रेशन, बाइपोलर डिसअर्डरजस्ता मानसिक रोगको खतरा बढाउँछ।
अनुसन्धानका अनुसार, प्रतिरक्षा प्रणाली केवल संक्रमणसँग लड्ने माध्यम मात्र नभई मानसिक स्वास्थ्य निर्माणमा पनि महत्वपूर्ण भूमिका खेल्छ।
पोलेटीका अनुसार, बाल्यकालको तनावले प्रतिरक्षा प्रणालीको कार्यशैली परिवर्तन गर्छ, जसका कारण मानिसमा दशकौंपछि मानसिक विकारको जोखिम उच्च हुन सक्छ। यस अनुसन्धानमा बाल्यकालको तनावसँग सम्बन्धित सुन्याई संकेतकहरू (इनप्लामेटरी मार्कर्स ।) पनि पहिचान गरिएको छ, जसले मानसिक रोगको भविष्यवाणी र उपचारमा सहायता पुर्याउन सक्छ।
मूड डिसअर्डर: रोग र मृत्युको प्रमुख कारण
यो अनुसन्धानमा मूड डिसअर्डर, जसमा डिप्रेशन र अन्य मानसिक समस्याहरू पर्छन, को उपचारका लागि इम्यूनोमोड्युलेटरी एजेन्ट (इन्टरल्युकिन-२) को प्रयोगमा जोड दिइएको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार, मूड डिसअर्डर हाल विश्वभर रोग, अपांगता र मृत्युको प्रमुख कारणहरूमा पर्दछ। रिपोर्टले देखाउँछ कि डिप्रेशनको दीर्घकालीन रहने दर करिब १२ प्रतिशत र बाइपोलर डिसअर्डरको २ प्रतिशत सम्म पुग्न सक्छ।
अनुसन्धानले प्रतिरक्षा प्रणालीको गडबडी, विशेषतः सुन्याई सम्बन्धी प्रतिक्रियालाई मानसिक विकारको एक मुख्य कारणका रूपमा देखाएको छ। सूजन संकेतकहरू भविष्यमा नयाँ र प्रभावकारी उपचार विधिहरू विकास गर्नका लागि आधार बन्ने विश्वास गरिएको छ।
सारा पोलेटी भन्छिन्, – ‘हामी प्रतिरक्षा प्रणाली र वातावरणबीचको सम्बन्ध अझ गहिरो रूपमा बुझ्न चाहन्छौं। हाम्रो लक्ष्य यस्तो रोकथाम रणनीति विकास गर्नु हो, जसले तनावपूर्ण बाल्यकाल भोगेका मानिसहरूमा मानसिक रोगको खतरा घटाउन सकोस्।’
यो अनुसन्धान मानसिक स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्ने र विशेषगरी जोखिममा रहेका व्यक्तिहरूका लागि पूर्वरोकथाम र उपचारमा क्रान्तिकारी परिवर्तन ल्याउने सम्भावनामा केन्द्रित छ।
प्रतिक्रिया दिनुहोस