नक्कली औषधिबाट जनस्वास्थ्यमा खतरा: औषधि व्यवस्था विभागको चेतावनी


काठमाडौं -औषधि व्यवस्था विभागले सामाजिक सञ्जाल मार्फत अनाधिकृत रुपमा प्रचार प्रसार र बिक्री वितरण भइ रहेका नक्कली औषधिबाट जनस्वास्थ्यमा गम्भीर खतरा उत्पन्न भएको भन्दै सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ।

विभागद्वारा जारी सूचनामा फेसबुक, टिकटक लगायत अनलाइन प्लेटफर्महरूमा मधुमेह, मोटोपन, प्रोस्टेट, थाइराइड, युरिक एसिड, यौन शक्ति वृद्धि सँग सम्बन्धित समस्या, जाँड रक्सी छुटाउने तथा क्यान्सर निको पार्ने जस्ता दावी गर्दै वैज्ञानिक रुपमा प्रमाणित नभएका औषधिहरु खुले आम प्रचार गरिँदै आएको उल्लेख गरिएको छ।

विभागका अनुसार यस्ता औषधिहरु चिकित्सकको सिफारिस बिनै प्रयोग गरिने हुँदा गम्भीर स्वास्थ्य समस्या तथा अङ्ग भङ्ग सम्मको जोखिम हुन सक्छ। भविष्यमा यसले अन्य गम्भीर स्वास्थ्य जटिलता पनि निम्त्याउने सम्भावना रहेको जनाइएको छ।

निरीक्षणका क्रममा विभागले डीफ्यूजल-एल, कायाप्लस, १०० हर्ष पावर,  ३० मिनेट्स प्लस स्टप्स , बूजी जस्ता नक्कली औषधिहरु बरामद गरेको र ती विरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिएको छ ।

विभागले यस्ता नक्कली औषधिको उत्पादन, ओसार पसार तथा बिक्री वितरण तुरुन्त रोक्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ। साथै सामाजिक सञ्जालमा देखिने झुट्टा तथा भ्रामक विज्ञापनहरू हटाउन पनि अनुरोध गरिएको छ।

साथै, विभागले उपभोक्ताहरूलाई स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा केवल चिकित्सकको सिफारिसमा औषधि प्रयोग गर्न, र आधिकारिक फार्मेसीबाट मात्र औषधि खरिद गर्न अनुरोध गरेको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!