औषधी मूल्य नीति सुझाव समितिको प्रतिवेदन प्रति व्यवसायिक संघ संस्थाहरू को आपत्ति, खारेजीको माग


काठमाडौं – स्वास्थ्य मन्त्रालय अन्तर्गत गठन गरिएको औषधी मूल्य नीति सुझाव समितिले तयार पारी स्वास्थ्य मन्त्री प्रदीप पौडेल लाई बुझाएको प्रतिवेदन प्रति औषधी, स्वास्थ्य सेवा तथा स्वास्थ्य सामाग्री सरोकार समितिले कडा आपत्ति जनाउँदै प्रतिवेदन खारेज गर्न माग गरेको छ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै सरोकार समितिले सो प्रतिवेदन सेवाग्राहीमुखी नभएको, हैकमबादी प्रवृत्तिबाट प्रेरित रहेको र औषधी तथा स्वास्थ्य सेवा क्षेत्रसँग प्रत्यक्ष सरोकार राख्ने संघसंस्थाहरू को  परामर्श विना बनाइएको भन्दै आपत्ति जनाएको हो।

विज्ञप्तिमा भनिएको छ, ‘प्रतिवेदनले जनसुरक्षित, असरयुक्त र गुणयुक्त औषधीहरुको सहज पहुँचमा बाधा पुर्‍याउने खतरा छ। यसले सेवाग्राही लाई पिडा थप्नेछ र सम्पूर्ण स्वास्थ्य प्रणालीमा नकारात्मक असर पार्नेछ।’

समितिले मिति २०७५ माघ २ गते तत्कालीन स्वास्थ्य मन्त्रीको अध्यक्षतामा बसेको औषधी परामर्श परिषद्को वैज्ञानिक र भौगोलिक यथा स्थिति परक निर्णयलाई बेवास्ता गरी नयाँ प्रतिवेदन तयार पारिएको भन्दै त्यसको खारेजी वा पुनर्लेखनको माग गरेको छ।साथै, उक्त निर्णय जेठ २९ गते सम्म लागू नगरे सम्बन्धित संघ संस्थाहरू कडा आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी पनि दिएको छ।

समितिका संयोजक एवं औषधि उत्पादक संघका अध्यक्ष समेत रहेका महेश प्रसाद प्रधानले नेतृत्व गरेको समितिको विज्ञप्तिमा प्रतिवेदनले औषधी उत्पादक, आयातकर्ता, व्यवसायी, चिकित्सक र स्वास्थ्यकर्मीलाई मानसिक त्रास, लगानीको असुरक्षा, अपमान र स्वास्थ्य सेवा प्रवाहमा असहजता ल्याउने उल्लेख गरिएको छ।

यस्ता कदमले मन्त्रालयको गरिमामा आँच आउने र निजी क्षेत्रको मनोबल गिराउने भन्दै गम्भीर ध्यानाकर्षण गराइएको छ।

विज्ञप्तिमा औषधीको सहज उपलब्धता सुनिश्चित गर्न वैज्ञानिक निर्णयहरूको तत्काल कार्यान्वयन, व्यवसायिक सुरक्षाको प्रत्याभूति र समुचित सेवा प्रवाहका लागि आवश्यक सुधारको माग गरिएको छ।

उक्त विज्ञप्तिमा औषधी उत्पादक संघ का अध्यक्ष महेश प्रधान, नेपाल औषधी व्यवसायी संघ का उपाध्यक्ष रामचन्द्र शर्मा, नेपाल औषधी आयातकर्ता संघ काम महासचिव पवनकुमार आचार्य, नेपाल मेडिकल एशोसियसन का महासचिव डा. सञ्जीव तिवारी, नेपाल पशुपंक्षी औषधी व्यवसायी संघ का अध्यक्ष रितेश रिमाल, रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल का अध्यक्ष भक्त हमाल, नेपाल आयुर्वेद औषधी उत्पादक संघ का अध्यक्ष सुमन पाण्डे,  नेपाल निजी अस्पताल संघ  का अध्यक्ष श्यामकृष्ण जोशी र नेपाल औषधी थोक व्यवसायी संघ  का अध्यक्ष गणेश नेपालले हस्ताक्षर गरेका छन्।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!