क्युरेक्स फार्मास्युटिकल्स को ‘पोभिन पोभिडोन आयोडिन’ न्यून गुणस्तरीय, एपीएस ५–०२३ ब्याच लाई उपयोग, सिफारिस, बिक्री र प्रयोग नगर्न सूचना

काठमाडौं – औषधि व्यवस्था विभागले बजार अनुगमनको क्रममा सङ्कलन गरिएको ‘पोभिन पोभिडोन आयोडिन’ औषधि नमुना परिक्षण गर्दा न्यून गुणस्तरको पाइएको भन्दै तुरुन्त फिर्ता गर्न अत्यन्त जरुरी सूचना सार्वजनिक गरेको छ ।
विभागले क्युरेक्स फार्मास्युटिकल्स प्रालि, बनेपा–१०, काभ्रेपलाञ्चोक द्वारा उत्पादित पोभिन पोभिडोन आयोडिन आइपी १० प्रतिशत औषधिको ब्याच नम्बर एपीएस ५–०२३ लाई आइपी २०२२ का मापदण्ड अनुसार एसय परिक्षणमा असफल भएको जनाएको छ ।
औषधि ऐन, २०३५ को दफा १४ बमोजिम सो औषधिको बिक्री, वितरण रोक्का गरिनुको साथै उक्त ब्याच नम्बरका औषधि तुरुन्त बजारबाट फिर्ता (रिकल) गर्न निर्देशन दिएको छ । यस औषधिको निर्माण मिति– मे २०२४ र समाप्ति मिति अप्रिल २०७६ रहेको छ।
विभागले औषधि उद्योग तथा प्रतिनिधिहरूलाई न्यून गुणस्तर पाइएको उक्त औषधिको बिक्री, वितरण, प्रयोग तथा सिफारिस नगर्न र नगराउन आग्रह गरेको छ । साथै, फिर्ता गरिएको औषधिको विवरण तुरुन्त विभागमा पेश गर्न पनि निर्देश दिएको छ ।
विभागले सम्बन्धित सबै पक्षलाई औषधिको गुणस्तरमा सचेत रहन र सार्वजनिक स्वास्थ्य सुरक्षाका लागि सहयोग गर्न अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस