विराटनगरमा पहिलो पटक दुई दिने क्षुद्रग्रह खोज तालिम सम्पन्

तालिममा विद्यार्थीहरुले कम्प्युटरको प्रयोग गरी अमेरिकाको हवाईस्थित प्यानस्टार टेलिस्कोप ले खिचेको तस्विरको विश्लेषण गर्दै क्षुद्रग्रह खोज्ने सीप सिकेका हुन्


विराटनगर – विराटनगरमा पहिलो पटक दुई दिने ‘क्षुद्र ग्रह खोज तालिम’ सम्पन्न भएको छ । नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) र विराटनगर महानगरपालिकाको खगोल तथा अन्तरिक्ष विज्ञान अध्ययन अनुसन्धान समितिको संयुक्त आयोजनामा ‘क्षुद्रग्रह खोज तालिम’ शुक्रबार सम्पन्न भएको हो ।

विराटनगर स्थित दिल्ली पब्लिक स्कुलमा सम्पन्न भएको उक्त तालिममा महानगर पालिकाका विराट बहिरा माध्यमिक विद्यालय, सेन्ट मेरिज माध्यमिक विद्यालय, दिल्ली पब्लिक स्कुल, सत्यनारायण माध्यमिक विद्यालय लगायतका जम्मा १७ स्कुलका ३७ छात्रा र ४३ छात्र गरी ८० जना विद्यार्थीको सक्रिय सहभागितामा रहेको थियो।

तालिममा विद्यार्थीहरुले कम्प्युटरको प्रयोग गरी अमेरिकाको हवाईस्थित प्यानस्टार टेलिस्कोप ले खिचेको तस्विरको विश्लेषण गर्दै क्षुद्रग्रह खोज्ने सीप सिकेका हुन् । त्यस्तै खगोल तथा अन्तरिक्ष विज्ञान सम्बन्धी विद्यालय तहका विभिन्न कार्यक्रमहरूको बारे जानकारी समेत लिएका थिए ।

नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले तालिममा प्रमुख प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । यस्तै ओशन शर्मा कट्टेल, उदिप पोखरेल, सुवर्ण प्याकुरेल, सृजन प्रसाद रौनियार, आर्य रिजाल र आदित्य झाले सहजीकरण गरेका थिए। तालिममा विराट बहिरा माध्यमिक विद्यालयकी शिक्षिका शोभा प्याकुरेलले दोभाषेको भूमिका निर्वाह गरेकी थिइन।

तालिममा सहभागी विद्यार्थीहरुले सन् २०२४ को जनवरी ५ देखि ३० सम्म संचालन गरिने राष्ट्रिय क्षुद्रग्रह खोज अभियानमा नासोको सिफारिसमा सहभागी भई तालिममा सिकेको सीप परिक्षण गर्नेछन्।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस

error: Content is protected !!