काठमाडौं मा भुकम्प को झट्का, रुकुममा १० को मृत्यू, जाजरकोट मा ठूलो मानवीय क्षति को सम्भाबना, दिल्लीमा ठूलो भूकम्प, सबै भवन हल्लियो


काठमाडौ – राजधानी काठमाडौं मा राती करिव ११.४७ वजे भुकम्पको झट्का महसुस भएको छ । करिव एक देखी दुई मिनेट सम्म घर हरु हल्लीएको छ ।

नेपालको कर्णाली प्रदेश स्थित नायकवाडा केन्द्रविन्दु रहेर करिब ६ म्याग्निच्यूड को भुइँचालो गएको भुइँचालो मापन गर्ने विभिन्न एपहरूले जनाएको छ।

जाजरकोट मा मानवीय क्षति को सम्भावना
यसै वीच जिल्ला प्रशासन कार्यालय जाजरकोट ले राति अन्दाजी ११:४६ तिर जाजरकोट केन्द्रविन्दु भै आएको भूकम्पले भैतिक तथा मानवीय क्षति हुनसक्ने उच्च सम्भावना रहेकोले जाजरकोट जिल्लाका विभिन्न सरोकारवाला निकायहरू राहत तथा खोज उद्धारका लागि खटिनुहुन अनुरोध गरेको छ।

साथै पराकम्पनको सम्भावना समेत रहेकोले सबै सुरक्षित स्थानमा रहनुहुन साथै तत्काल उद्धारको आवश्यकता भएमा जिल्ला प्रशासन कार्यालय जाजरकोट र नजिकको प्रहरी कार्यालयमा जानकारी गराउनु हुन अनुरोध समेत गरेको छ ।

१० को मृत्यु

रुकुमको आठ विसकोटमा एकै घरका ६ जना सहित १० जनाको ज्यान गएको प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईले जनाएका छन । यो प्रारम्भिक विवरण भएको र थप विवरण आउन बाँकी रहेको समेत उनले जनाएरा छन ।

भारतीय न्युज पेपर दैनिक भाष्कर को अनुसार नेपालमा शुक्रबार ६.४ रेक्टर स्केलको भूकम्प गएको छ । यसका कारण दिल्ली-एनसीआर सहित उत्तर भारतभर शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको थियो। यसको केन्द्र नेपालमा १० किलोमिटर जमिन को तल थियो। यसअघि अक्टोबर २२ मा दिल्लीमा भूकम्पको धक्का महसुस गरिएको थियो । यसको तीव्रता ६.१ थियो।

जी न्युज को अनुसार दिल्ली–एनसीआर मा शक्तिशाली भूकम्प गएको छ । भारतीय समय अनुसार राति ११ बजेर ४० मिनेटमा आएको भूकम्पले सबै भवन हल्लिएका थिए । भूकम्पको धक्का यति शक्तिशाली थियो कि लामो समय सम्म भवनहरु हल्लिरहे । मानिसहरु डरले घरबाहिर निस्केका छन् ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस

error: Content is protected !!