कोलम्बियामा विमान दुर्घटना को ४० दिन पछि जिवित भेटिए ४बाल बालिका, एउटा को उमेर १२ महिना


काठमाडौँ — कोलम्बियामा विमान दुर्घटनाको करिब ४० दिन  पछि ४ जना बालबालिका जीवितै भेटिएका छन् । विमान मा सवार ७ जना मध्ये ३ वयस्क को मृत्यू भएको छ ।

समाचार संस्था रोयटर्सका अनुसार कोलम्बियाको दक्षिणी भेगमा मई १ तारीख मा भएको विमान दुर्घटना को ४० दिन  पछि बालबालिका जीवितै भेटिएका हुन् ।

कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले कोलम्बियाको जंगलमा उनीहरूलाई सेनाको टोलीले शुक्रबार उद्धार गरेको जानकारी दिए । दुर्घटनाको समयमा जहाजमा यी चार दाजुबहिनी, आमा र एक/एक जना पाइलट र को-पाइलट थिए ।

विमानका दुबै पाइलट र यी बालबालिकाको आमाको मृत्यु भएको थियो । यी बाल बालिका को उमेर १३, ९, ४ र एक वर्ष रहेको छ । एउटा इन्जिन भएको सेसना २०६ विमान अमेजोन प्रान्तको अरारकुआराबाट ग्वावियारे प्रान्तको सान होजे डेल ग्वावियारे जाँदै गर्दा इन्जिन फेल भएर  दुर्घटनाग्रस्त भएको थियो ।

तीन बालिका र एक बालक का हजुरबुवा नारसिजो मुकुटुवीले उद्धारको समाचार थाहा पाए पछि आफू निकै खुसी भएको समाचार संस्था रोयटर्सलाई बताएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस

error: Content is protected !!