सुपारीको डीएनए परीक्षण हुने / सुपारी नेपाली हो वा होइन पहिचान गरिने


काठमाडौ —विराटनगर स्थित रानी नाकाबाट भारत तर्फ निर्यात गर्न लागिएको ट्रकमा भएको भएको  सुपारीको डीएनए परीक्षण गर्न दिगो विकास तथा सुशासन समितिले निर्देशन दिएको छ ।

समितिको शुक्रबार बसेको बैठकले डीएनए परीक्षण विधिबाट सुपारी को उद्गम स्थल स्वदेश वा विदेश भएको पत्ता लगाउन सरकारलाई निर्देशन दिएको हो ।

विराटनगरस्थित रानी नाकाबाट नियन्त्रणमा लिइएको ८ ट्रक सुपारीको डीएनए परीक्षण गर्न निर्देशन दिएको समितिका सदस्य महेश कुमार महराले बताए । उनले सुपारी नेपाली हो/होइन पहिचान भएपछि दोस्रो बैठक बस्ने समेत जनाए ।

करिव एक साताअघि ८ वटा ट्रकमा भारततर्फ निर्यात गर्न लागिएको सुपारी लाइ प्रहरीले विराटनगर स्थित रानी नाकाबाट नियन्त्रणमा लिएको थियो । उक्त ट्रकमा ८ करोड ६३ लाख ८१ हजार ५ सय ६८ रुपैयाँ मूल्य बराबरको २ लाख १९ हजार ५ सय ९६ किलो सुपारी रहेको प्रहरीले जानकारी दिएको छ ।

एकै पटक धेरै मात्रामा भारततर्फ सुपारी  निकासी गर्न लागेकोबारे स्थानीयको गुनासो पछि प्रहरीले ८ वटा भारतीय ट्रक र चालकलाई नियन्त्रणमा लिएको हो । सुपारी सहितको ट्रक थप अनुसन्धानका लागि राजश्व अनुसन्धान इकाई इटहरीमा बुझाइएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!