लालबन्दी बाट एक वर्ष मा झण्डै अढाई अर्बको तरकारी स्वदेस र विदेश निकासी


सर्लाही-लालबन्दी वाट आर्थिक वर्ष २०७८/७९ मा झण्डै अढाई अर्ब  रुपैयाँ बरावरको तरकारी निकासी भएको छ ।लालबन्दी कृषि थोक बजार व्यवस्थापन समितिले उक्त तरकारी निकासी गरेको हो ।

लालबन्दी नगरपालिका को वडा नम्बर ७ मा अवस्थित कृषि थोक बजार व्यवस्थापन समितिले एक वर्षमा २ अर्ब ४५ करोड २४ लाख रुपैया मुल्य वरावर को ६ करोड १ लाख ६३ हजार २ सय ५० किलोग्राम तरकारी निकासी गरेको छ ।

कृषि थोक बजारमा जिल्लाको लालबन्दी, हरिपुर, हरिवन, ईश्वरपुर नगरपालिका क्षेत्रमा किसानले उत्पादन गरेका  परबल, बोडी, सिमी, भण्टा, करेला, गोलभेडा लगायतका तरकारी आउने गरेको छ ।

कृषि थोक बजार व्यवस्थापन समिति का अनुसार यहाको तरकारी काठमाडौं, पोखरा, बुटवल,सिन्धुली, रामेछाप, नेपालगञ्ज, हेटौंडा, वीरगञ्ज, सिरहा, विराटनगर,भैरहवा, नारायणगढ,  गौर, जनकपुर,  इटहरी संगै छिमेकी राष्ट्र  भारतमा समेत जाने गरेको छ ।

सिमावर्ती भारतिय शहर सोनवर्षा, सीतामाडी लगायत का ठाउमा  लालबन्दी को नेपाली तरकारी निकासी हुने गरेको हो ।लालवन्दी वाट मुख्य रूपमा गोलभेडा,  परबल, बोडी, सिमी लगायतका अन्य तरकारी स्वदेश र विदेशमा निकासी हुने गरेको हो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!