जनकपुरका सीताराम जालानको निधन


जनकपुर – मारवाडी सेवा समिति, नेपालले जनकपुर निवासी सीताराम जालानको सोमवार निधन भएको जनाउदै दिवंगत आत्माको चिर शान्तिको कामना गरेको छ ।

लर्ड बुद्ध एजुकेसन फाउन्डेसनका अध्यक्ष इन्जिनियर पंकज जालान र विकास जालानका बुबा सीताराम जालानको सोमवार ७४ वर्षको उमेरमा जनकपुरमा निधन भएको हो ।

उहाँ केही महिना देखी अस्वस्थ रहनु भएको थियो । पार्थिव शरीरलाई जनकपुरको स्वर्गद्वारीमा सोमवार अपरान्ह दाह संस्कार गरिने परिवारले जनाएको छ ।  


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस

error: Content is protected !!