काठमाडौं उपत्यकामा ५० किलोमिटर प्रति घण्टा भन्दा बढी गतिमा बाइक-गाडी गुडाउन नपाइने


काठमाडौं– उपत्यकामा प्रति घन्टा ५० किलोमिटर भन्दा बढीको गतिमा गाडी गुडाउन नपाइने भएको छ ।सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ मा उल्लेखित गति नियन्त्रण सम्बन्धी व्यवस्था र सडकको भौतिक अवस्था समेतलाई मध्य नजर  सवारी दुर्घटना न्यूनीकरण तथा रोकथामका लागि कलंकी-कोटेश्‍वर सडक खण्डको फास्ट ट्रयाकमा ५० किलोमिटर र सर्भिस ट्रयाकमा २० किलोमिटर गति तोकिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै कोटेश्‍वर-भक्तपुर सडक खण्डमा किलोमिटर  समेत प्रति घण्टा ५० किलोमिटर गति तोकिएको छ । उपत्यकाको विभिन्न स्थानमा आवश्यकता अनुसार गति सिमा तोकी सोही स्थानमा गति सीमाका बोर्डहरू राखिएको छ । तोकिएको गतिभन्दा बढीमा सवारी चलाउने लाई ट्राफिक प्रहरीले जरिबाना गर्दै आएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस

error: Content is protected !!