टर्की र सिरिया मा भूकम्पले २३सय भन्दा बढीको मृत्यु


काठमाडौ —टर्की र सिरियामा सोमवार गएको भूकम्पले २३ सय भन्दा बढीको मृत्यु भइ सकेको छ । हजारौं घाइते छन भने अझै थुप्रै व्यक्ति भूकम्पले भत्किएको संरचनामा फसेका छन ।

अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार टर्कीमा सोमवार साँझ ७.५ म्याग्निच्युड को भूकम्प गएको हो । सोमबार बिहान स्थानीय समयअनुसार ४ बजेर १७ मिनेट जादा पनि टर्की र सिरियाको उत्तरपश्चिम क्षेत्रमा ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्प १७.९ किमिको गहिराइसम्म पुगेको उक्त भूकम्पको धक्का साइप्रस र लेबनान सम्म पनि महसुस भएको थियो ।

हाल घटनास्थलमा उद्धार कार्य जारी रहेको छ । यस संगै भूकम्पबाट भौतिक संरचना भत्किएका दृश्य सामाजिक सञ्जालमा पनि सार्वजनिक भएका छन् । यद्यपि मृत्यु हुने र घाइतेको संख्याका सन्दर्भमा विभिन्न मिडियाले सार्वजनिक गरेका तथ्यांक फरक देखिएको छ ।
युनाइटेड स्टेट्स जियोलजिकल सर्वेको तथ्याङ्क अनुसार टर्कीमा मृत्यु हुनेहरूको संख्या १० हजार सम्म पुग्न सक्छ ।

टर्की र सिरियाको यस क्षेत्रमा १ सय वर्षभन्दा लामो अवधिमा यो नै सबैभन्दा ठूलो भूकम्प हो । भूकम्प जानसक्ने जोखिमयुक्त क्षेत्रको रुपमा संसारकै सबैभन्दा संवेदनशिल क्षेत्रको रुपमा टर्की पनि एक हो । जहाँ सन १९९९ मा ७.२ तीव्रताको शक्तिशाली भूकम्प जादा १८ हजार मानिसको मृत्यु भएको थियो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस

error: Content is protected !!