बाजुरामा ५.९ म्याग्निच्युडको भूकम्प


मुगु – बाजुरा को मेला भन्ने ठाउँ लाई केन्द्र बिन्दु बनाएर मंगलबार दिउँसो २ बजेर ४३ मिनेट जाँदा ५.९ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले उक्त जानकारी दिएका हुन ।

भूकम्पको धक्का सुदूरपश्चिमका धेरै जसो जिल्ला सँगै छिमेकी भारतका कतिपय स्थानमा पनि महसुस गरिएको छ, भूकम्प का कारण भएको क्षतिको विवरण भने यकिन भइसकेको छैन ।

यसअघि कात्तिक तेस्रो साता सुदूर पश्चिमको डोटीमा ६.६ म्याग्निच्युड को भुकम्प जादा ६ जनाले ज्यान गुमाउनुको साथै केही व्यक्ति घाइते भएका थिए । त्यसताका सयौं पराकम्प समेत गएको थियो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!