यति एयर लाइन्सको विमान पोखरा मा दुर्घटना, विमान मा चालक दल सहित ७२ जना सवार


पोखरा -काठमाडौंबाट पोखराका लागि बिहान उडेको यति एयरलाइन्सको एटिआर–७२ विमान आइतबार पोखरामा दुर्घटना भएको छ ।

विमानमा चालक दलका ४ जना र ६८ यात्रु गरी ७२ जना सवार रहेको त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताए । विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल मा ल्यान्डिङ गर्ने तयारीमा रहेको बेला दुर्घटनामा परेको हो ।

नेपालमा ७२ यात्रु क्षमताको एटीआर विमान दुर्घटना भएको यो पहिलो घटना हो । पोखरा अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो एअरपोर्ट र नयाँ एअरपोर्टको बीचमा रहेको सेती किनारमा विमान दुर्घटना भएको हो ।

उक्त विमान यति एयरलाइन्सका वरिष्ठ क्याप्टेन कमल केसीले उडाएका थिए । ७२ सिट क्षमताको एटीआर विमानमा भएका क्षति बारे यकिन विवरण आई सकेको छैन ।

स्थानीय बासीहरूले दुर्घटनास्थलबाट आगो लागिरहेको दृश्य सामाजिक सञ्जाल मा सार्वजनिक समेत गरेका छन् । घटनास्थलतर्फ हेलिकोप्टरमा उद्धार टोली गएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!