जापानका विदेश राज्य मन्त्री ताकेई सुनसुके निर्वाचन अवलोकन गर्ने


काठमाडौं– जापानमा विदेश राज्यमन्त्री ताकेई सुनसुके निर्वाचनको अवलोकन गर्न मंसिर ४ र ५ गते नेपाल भ्रमण गर्ने छन ।

जापानी दूतावासको अनुसार आइतबार हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको राज्य मन्त्री ताकेइ ले अवलोकन गर्ने छन् ।

नेपालमा हालसम्म भएका निर्वाचनलाई जापान सरकारले समर्थन, सहयोग गर्दै आएको छ । जापान सरकारद्वारा पठाइएको निर्वाचन पर्यवेक्षण टोली को नेतृत्व पूर्व संसदीय उपमन्त्री होरी इवाओले गर्ने छन् ।

नेपालको थप विकास र सम्वृद्घि का लागि लोकतन्त्रको प्रगति अपरिहार्य भएकोले जापान सरकारले नेपालको निर्वाचन निष्पक्ष पारदर्शि र शान्तिपूर्ण रूपमा सम्पन्न गर्नु पर्ने महत्वको साथ स्विकारेको छ । राज्यमन्त्री ताकेई नेपालमा रहँदा शिष्टाचार भेट गर्ने कार्यक्रम समेत छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!