सप्तरी जिल्ला को पहिलो शिक्षिका बच्ची मिश्रा लाई मैथिली स्मृति पुरस्कार


राजबिराज (सप्तरी) -सप्तरी जिल्ला को पहिलो शिक्षिका बच्ची मिश्रा लाई शोभा देव मैथिली स्मृति पुरस्कारबाट  सम्मानित गरिएको छ ।

मैथिली साहित्य परिषद्ले कवि कोकिल विद्यापति को स्मृतिमा आयोजित तिन दिने कार्यक्रम को अन्तिम दिन आईतबार  जिल्ला को पहिलो महिला शिक्षिका बच्ची मिश्रा लगायत अन्य लाई सम्मानित गरेको हो ।

उनी २०२२ साल देखि ४० वर्ष भन्दा बढी समय सम्म सप्तरी जिल्लाको महिला शिक्षा क्षेत्र लगायत मैथिली साहित्य सहित विविध क्षेत्रमा निरन्तर सेवा गर्दै आएकी हुन ।

सो अवसरमा यस पटकको शिवदत्त मिश्र स्मृति पुरस्कारबाट प्रसिद्ध गायक गुरुदेव कामत,  बिजेन्द्र बिनोद स्मृति कला पुरस्कारबाट देवेन्द्र साह सोनीलाई सम्मानित गरिएको छ । यस्तै लक्ष्मी–विवेका पत्रकारिता पुरस्कारबाट अजय साह शिवाली र शोभा देव मैथिली स्मृति पुरस्कारबाट पनि सम्मानित भएकी छिन ।

परिषद्का अध्यक्ष सतिश कुमार दत्तको सभापतित्वमा आइतवार आयोजित सभामा मधेशी आयोगका अध्यक्ष बिजय दत्त, सदस्य आभासेतु सिंह, मधेश प्रदेश आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव, परिषद्का पूर्वअध्यक्ष द्वय विष्णु मण्डल, विवेकानन्द मिश्र, पूर्व सांसद शिवचन्द्र मिश्र, मैथिल महिला परिषद्की संस्थापक अध्यक्ष मिना ठाकुर, अन्तराष्ट्रिय मैथिल परिषद्की अध्यक्ष करुण झा लगायतले विद्यापतिको प्रतिभा र विद्धता बारे आ–आफ्नो विचार व्यक्त गरेका थिए ।

तीन दिवसीय कार्यक्रम अन्तरगत मैथिली साहित्य परिषदले  शुक्रबार साहित्यिक गोष्ठी र  शनिबार ‘मैथिली भाषाको विकास प्रति प्रतिनिधिसभा र प्रदेश सभाका उम्मेदवारहरूको अवधारणा’ विषय को  अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । 


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!