भारतको ओडिसा स्थित केआईआईटीमा अध्ययनरत फेरि अर्को नेपाली छात्राको मृत्यु
नयाँ दिल्ली (ब्युरो) – भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत एक नेपाली छात्राको मृत्यु भएको छ।
प्रिशा साह, केआईआईटीमा कम्प्युटर साइन्स संकायको प्रथम वर्षमा अध्ययनरत थिइन्। उनी बिहीबार साँझ विश्वविद्यालयको क्याम्पस नम्बर ४ अन्तर्गत रहेको छात्रावासको कोठा नम्बर १११ मा मृत अवस्थामा फेला परेकी हुन्।
भुवनेश्वर–कटक प्रहरी आयुक्त एस. देव दत्त सिंहका अनुसार प्रारम्भिक अनुसन्धानबाट यो आत्महत्याको घटना हुनसक्ने आशंका गरिएको छ। घटनास्थलमा इन्फोसिटी प्रहरीको टोलीले अनुसन्धान जारी राखेको छ। विश्वविद्यालय प्रशासनले भने अहिलेसम्म घटनाबारे कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन।
उल्लेखनीय छ, गत वर्ष फागुन ४ गते पनि नेपालकै अर्की छात्रा प्रकृति लम्सालले सोही विश्वविद्यालयको छात्रावासमा आत्महत्या गरेकी थिइन्।
प्रतिक्रिया दिनुहोस