काेराेनाकाे नया भेरिएन्ट

कोरोना को नया भेरिएन्ट नेपालमा समेत देखियो, के हो ‘फ्लर्ट’ भेरिएन्ट?


काठमाडौं– नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सब भेरिएन्ट  फ्लर्ट FLiRT  (केपी.१ र केपी.२) भेटिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना भाइरस सङ्क्रमित ४२ वटा नमुनाको जिन सिक्वेन्सिङ गर्दा ती मध्ये ७ नमुनामा ओमिक्रोन (जेएन.१), २ नमुनामा ओमिक्रोन (बिए.२), १२ नमुनामा ओमिक्रोन (केपी.१), १७ नमुनामा ओमिक्रोन (केपी.२), एक–एक नमुनामा क्रमशः ओमिक्रोन (केपी.३) एवं ओमिक्रोन (केपी. ४) देखिएको प्रयोगशालाका सूचना अधिकारी कृष्ण प्रसाद जैसीले नेपालहेल्थप्रेस लाई बताए ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को पछिल्लो अद्यावधिक जानकारी अनुसार अनुसार केपी.३ र केपी.२ दुवै जेएन.१ को वंशज हुन र दुवै निगरानीमा छन ।

भारतको इंडियन सार्स सीओवी–२ जीनोमिक्स कंसोर्टियम द्वारा साझा गरिएको जानकारी अनुसार भारतमा याे नया भेरिएन्ट वाट संक्रमित को संख्या ३२५ पार गरि सकेको छ ।

कोभिड को नयाँ भेरिएन्टमा गरिएको प्रारम्भिक अध्ययनमा यसले शरीरमा बनेको रोग प्रतिरोधात्मक क्षमतालाई छलेर संक्रमण बढाउने गरेको पाइएको छ । स्वास्थ्य विज्ञहरूले सबै मानिसहरूलाई कोभिड उपयुक्त व्यवहारको पालना गरि रहन अपिल समेत गरेका छन् ।

अमेरिका को सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले प्रारम्भिक अनुसन्धान अनुसार नयाँ भेरिएन्टको स्पाइक प्रोटिनमा केही उत्परिवर्तनहरू देखिएका छन् जसले यसको संक्रामकता बढाउन सक्छ । इपिडेमियोलोजिस्ट हरूाँ अनुसार यो नयाँ भेरिएन्टका केसहरू बढ्दै गएको गतिलाई हेर्दा यसले छिट्टै सबै भन्दा बढी फैलिने ओमिक्रोन भेरिएन्ट ‘जेएन.१’ लाई पछाडि पार्ने सम्भावना छ । स्मरण रहोस् सिंगापुर यसको भर्खरै को उदाहरण हो, जहा दुई साता मा मात्रै ९० प्रतिशतसम्म सङ्क्रमणको विस्तार देखिएको छ ।

फ्लर्ट भेरिएन्ट को संक्रामकता

‘केपी.१’ र ‘केपी.२’ लाई तिनिहरूको उत्परिवर्तनको प्राविधिक नामहरूको आधार मा फ्लर्ट नाम दिइएको येल मेडिसिनका संक्रामक रोग विशेषज्ञ डा.स्कट रोबर्ट्स बताउँछन् ।

यो ओमिक्रोन कै एक सब भेरिएन्ट हो, जुन विगत केहि वर्ष देखि विश्वव्यापी रूपमा रिपोर्ट गरिएको मुख्य भेरिएन्ट हो । ओमिक्रोन भेरिएन्टलाई अत्याधिक संक्रामक मानिन्छ र यसले शरीरको रोग प्रतिरोधक प्रणालीलाई सजिलै छल्न सक्ने देखिएको छ । तर यसको कारण गम्भीर रोगको खतरा हुने आंशका कम देखिएको छ ।

के नयाँ भेरिएन्ट ले गम्भीर संक्रमणको खतरा छ ?

यो नया भेरिएन्टले हाल सबै भन्दा बढी प्रभावित मुलुक सिंगापुर मा धेरै जसो व्यक्तिमा हल्का लक्षण मात्र देखिएको र उनीहरू सजिलै निको हुदै गएको चिकित्सकहरू बताउँछन् । कोमोरबिडिटी भएका व्यक्तिहरूलाई संक्रमणको घटनामा गम्भीर लक्षणहरूको जोखिम हुन सक्छ, यद्यपि समक्रमितहरूलाई अस्पतालमा भर्ना वा आइसियु आवश्यक पर्ने सम्भावना कम हुन्छ ।

नया भेरिएन्ट को लक्षण ?

नयाँ भेरिएन्टका लक्षणहरू पनि कोभिडको अघिल्लो भेरिएन्ट सँग मिल्दो जुल्दो छन् । धेरैजसो संक्रमितलाई ज्वरो वा चिसो लाग्ने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, थकान महसुस हुने, मांसपेशी वा शरीर दुख्ने, टाउको दुख्ने, स्वाद वा गन्ध मा कमी जस्ता समस्या देखिएको छ । धेरैजसो संक्रमित विना लक्षण  को देखिएका छन । अधिकांश मानिसलाई खोप लगाएकाले कोरोना संक्रमणका कारण गम्भीर रोगको जोखिम कम देखिएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!