‘सत्तारूढ दलका सांसद भन्छन्: नेपालमा आलु प्याजमा उच्च कर तर सुर्ती जन्य पदार्थमा करको कमी’

मुलुकमा करिब १ खर्व राजस्व सुर्ती जन्य पदार्थ वाट उठ्नु पर्ने मा राज्यले वार्षिक मात्र ३०–३२ अर्ब उठाउने गरेको छ


काठमाडौं– सत्तारूढ जनता समाजवादी पार्टीका सांसद प्रकाश अधिकारीले मुलुकमा आलु प्याजमा उच्च कर लगाइए पनि सुर्ती जन्य पदार्थ, मदिरामा सरकारले कम कर उठाउने गरेको गुनासो पोखेका छन् । सुर्ती जन्य पदार्थमा राज्यले कर बढाउँदा यसको उपभोगमा कमी आउने विभिन्न अध्ययनहरू ले औँल्याएको छ ।

नेपाल विकास अनुसन्धान प्रतिष्ठान द्वारा आयोजित सुर्ती जन्य पदार्थको सामाजिक आर्थिक तथा नीति गत पक्षहरूको राष्ट्रिय सर्वेक्षण, प्रतिवेदन सार्वजनिक करण कार्यक्रममा सांसद अधिकारीले उक्त गुनासो पोखेका हुन । उनले संसदमा करको कुरा उठाएको समेत बताए ।

विश्व स्वास्थ्य संगठन(डब्लुएचओ) को सुझाव अनुसार सुर्ति जन्य पदार्थमा राज्यले लिने कर ७५ प्रतिशत हुनु पर्ने मा मुलुकमा भने हाल सम्म मात्र करिब ४१ प्रतिशत कर लिने गरिएको प्रतिष्ठानका स्वास्थ्य कार्यक्रम संयोजक जयकुमार गुरुङ बताउँछन्।

एक दशक पहिले सुर्ती जन्य पदार्थमा कर बढाएर ३३ प्रतिशत वाट ४१ प्रतिशत पुर्याइएको थियो । गत वर्ष सुर्ती जन्य पदार्थमा कर बढेन । मुद्रा स्फीति लाई सन्तुलन गर्न वर्षेनी ८ देखी १० प्रतिशत कर बढाउनु पर्ने मा २–३ प्रतिशत जति बढ्ने गरेकोले एक हिसाबले कर घटेको देखिने गुरुङ जनाउँछन् ।

यसरी गत वर्ष नै सुर्ती जन्य पदार्थमा ३ प्रतिशत मात्र कर बृद्घि गरेकोले चालु आर्थिक वर्षमा राज्यलाई १२अर्ब राजस्व गुमेको उनको धारणाछ ।

सरकारले सुर्ती जन्य पदार्थमा डब्लुएचओ द्वारा प्रस्तावित कर भन्दा अत्यन्त न्यून लिइ रहेको अवस्थामा राज्यको राजस्व समेत व्यापक रूपमा गुमी रहेको विज्ञहरूले वर्षौ देखी औँल्याए पनि सरकारले यसमा खासै ध्यान न दिएको गुनासो समेत छ ।

‘मुलुकमा करिब १ खर्व जति राजस्व (७० प्रतिशत कर लगाउँदा) सुर्ती जन्य पदार्थ वाट उठ्नु पर्ने रहेछ तर कर कम गरेर राज्यले वार्षिक मात्र ३०–३२ अर्ब उठाउने गरेको छ’, सुर्ती जन्य पदार्थको बरिष्ठ अर्थशास्त्री देवी प्रसाई ले भने –‘यसले उच्च स्तरमा टेक्स को चुहावट भएको छ ।’

सुर्ती जन्य पदार्थमा नेपाल ले लगाउने कर दक्षिण एसिया मा सबै भन्दा कम रहेको दाबी कृष्ण पहारी गर्छन् । प्रतिष्ठानका अध्यक्ष समेत रहेका पहारीले सुर्ती जन्य पदार्थमा कर बढाएर यसबाट प्राप्त हुने राजस्वले मुलुकको स्वास्थ्य क्षेत्रमा लगानी बढाउन सकिने र यसले उपभोगमा कमी आउँदा आम व्यक्तिको स्वास्थ्य मा समेत सुधार हुन सक्ने जनाउँछन् । उनले राज्यले आगामी बजेटमा सुर्ती जन्य पदार्थमा उल्लेख्य रूपमा कर बढाउनु मुलुकको हितमा रहेको बताउँछन् ।

प्रधानमन्त्री पुष्प कमल दहाल प्रचण्डले ले सन २०२५ सम्म नेपालमा सुर्ती जन्य पदार्थमा राज्यले लिने कर भारतको हाराहारीमा गर्ने प्रतिष्ठान द्वारा जारी प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गरेका छन् ।

मुलुकमा सुर्ती जन्य पदार्थले हुने रोगहरूले गर्दा वर्षेनी ३५ हजार ५ सय २९ जनाको मृत्यु हुने गरेको अनुमान गरिएको छ । यसले हुने अन्य प्रशस्त स्वास्थ्य जटिलताहरू बारे वास्तविक अनुमान समेत गरिएको छैन ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!