‘नयाँ प्रविधि ले प्रत्यारोपण पछि मिर्गौला फेल हुन बाट जोगाउने छ’

‘एम्सका डाक्टरहरूले दुई घण्टामा बिके भाइरस संक्रमण पत्ता लगाउने प्रविधि, विकास गरे’


नयाँ दिल्ली –मिर्गौला प्रत्यारोपणका बिरामीमा सङ्क्रमणका कारण बारम्बार मिर्गौला फेल हुने समस्यालाई हटाउन अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) का डाक्टरहरूले एउटा नयाँ परीक्षण प्रविधिको विकास गरेका छन् ।

यो प्रविधिबाट बीके भाइरसको संक्रमण दुई घण्टा भित्र पत्ता लगाउन सकिन्छ । बीके भाइरस, जसलाई ‘ह्युमन पोलियोमा भाइरस–१’ पनि भनिन्छ, पोलियोमा भाइरस परिवारको सदस्य हो ।

यस प्रविधिको सहयोगमा बीके भाइरसको संक्रमण छिट्टै पहिचान गरी उपचार गर्न सकिन्छ । तसर्थ, प्रत्यारोपण पछि मिर्गौला फेल हुनबाट जोगाउन यो प्रविधि उपयोगी हुनेछ ।

भारतमा वर्षेनी करिब दुई लाख मानिसलाई मिर्गौला प्रत्यारोपण आवश्यक पर्ने भए पनि सुविधा नहुदाँ करिब १२ हजारले मात्रै मिर्गौला प्रत्यारोपण गर्ने गरेका छन् ।

यति मात्र नभइ प्रत्यारोपण गरेपछि पनि विभिन्न कारणले प्रत्यारोपण असफल हुने डर हुन्छ । ५ देखि १० प्रतिशत बिरामी को मिर्गौला प्रत्यारोपण पछि फेरि बिग्रन्छ । यसको एउटा कारण बीके भाइरस संक्रमण हो ।

रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका बिरामीलाई यो भाइरसको सङ्क्रमणको उच्च जोखिम हुन्छ । समयमै यो संक्रमण पत्ता लगाएर मिर्गौला प्रत्यारोपण असफल हुनबाट बचाउन सकिन्छ । तर यसको परीक्षणको लागत करिब आठ हजार नेपाली रुपियाँ ( ५ हजार भारतीय रुपियाँ ) पर्छ ।

एम्सको एनाटोमी, प्याथोलोजी र नेफ्रोलोजी विभागका डाक्टरहरूले नैनो टेक्नोलोजी प्रयोग गरेर परीक्षण गर्ने नयाा प्रविधि विकास गरेका छन्, जसलाई नैनो एलएएमपी नाम दिइएको छ । यसमा सुनको नैनो पार्टिकल (कण) र फरक प्राइमर प्रयोग गरिएको छ । यो परीक्षण ९१ देखि ९६ प्रतिशत प्रभावकारी पाइएको छ ।

के हो बीके भाइरस ?

बीके भाइरस एक भाइरस हो जुन अधिकांश मानिसहरूलाई बाल्यकालमा सर्छ । बीके भाइरसलाई पोलियोमा भाइरस पनि भनिन्छ । यसको लक्षणहरू अन्तर्गत सामान्य रुघाखोकी जस्तो महसुस हुन सक्छ ।

एकचोटि तपाई ले बीके भाइरसको संक्रमण को चपेटामा पर्नु भयो भने, भाइरस तपाई को प्रणाली मा राम्रो सँग रही रहन्छ । तर यसले धेरैजसो मानिसहरूलाई समस्या उत्पन्न गर्दैन । यसलाई ‘लेटेन्ट’, (अप्रकट/गुप्त) भनिन्छ । वा यो भाइरस तपाई को शरीरमा ‘सुती रहेको’ जस्तो अवस्थामा रहन्छ । कहिले काहीं, जब तपाई को प्रतिरक्षा प्रणाली राम्रो सँग काम गर्दैन, भाइरस उठ्छ । त्यसपछि यसले सङ्क्रमणको लक्षण निम्त्याउन सक्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!