दिउसो सुत्नु राम्रो कि नराम्रो ?


नेशनल स्लिप फाउन्डेसनका अनुसार संयुक्त राज्य अमेरिका का करिब एक तिहाइ वयस्कहरूले दिउसो सुत्ने गर्छन् । अनुसन्धानले छोटो निद्राले सतर्कता र उत्पादकता बढाउन मद्दत गर्ने बताउँछ ।

दिउसो खाना खाएपछि निन्द्रा लाग्नु स्वाभाविक हो । स्वास्थ्य विज्ञहरूका अनुसार दिउसो खाना खादा पाचन प्रणालीमा रक्तसञ्चार बढ्छ । जसका कारण मस्तिष्कमा रगतको आपूर्ति कम हुन सक्छ । जसले निद्रा लाग्ने र थकाइको समस्या हुन सक्छ ।

यो पनि भनिन्छ कि खाना खाएपछि शरीरमा ग्लुकोजको मात्रा बढ्छ । जसका कारणले दिउसो एक छिनको निन्द्रा अर्थात् झप्की आउँछ । यो एक सामान्य प्रक्रिया हो, त्यसैले चिन्ता लिनु पर्दैन, तर हरेक दिन दिउसो सुत्ने बानी पर्यो भने यसले तपाई को स्वास्थ्यमा कस्तो असर गर्छ ?

दिउसो सुत्नु राम्रो कि नराम्रो ? 

नेशनल स्लिप फाउन्डेसनका अनुसार संयुक्त राज्य अमेरिकामा करिब एक तिहाइ वयस्कहरू ले दिउसो सुत्छन्। केही अनुसन्धानले सुझाव दिन्छ कि छोटो निद्राले सतर्कता र उत्पादकता बढाउन मद्दत गर्न सक्छ। तर, यदि यो बानी बन्यो भने यसले नकारात्मक असर पार्न सक्छ । दिउसो सुत्दा कस्तो असर पर्छ हार्बर्ड हेल्थ को प्रतिवेदनमा भनिएको छ कि दिनमा छोटो झप्की वा निद्राले स्मरणशक्ति लाई राम्रो बनाउन मद्दत गर्दछ र शरीरलाई सक्रिय राख्छ। तर, यदि यो बानी बन्यो भने यसले लामो समय सम्म धेरै नोक्सान निम्त्याउन सक्छ ।

त्यसैले होसियार हुन जरुरी छ । अन्वेषकहरू भन्छन् कि यदि तपाईं दिनमा धेरै लामो सुत्नु भयो भने यसले गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।

दिउसो सुत्नु पर्छ वा पर्दैन ?

हार्बर्डका विज्ञहरूका अनुसार दिउसो ढिलो सम्म सुत्ने वयस्कहरूलाई मधुमेह, मुटु रोग र डिप्रेसन जस्ता समस्याहरू हुने सम्भावना बढी हुन्छ। दिउसो सुत्नु को अर्थ रातमा पर्याप्त निद्रा नपुगेको हो, जसले धेरै दीर्घकालीन रोगहरू बढाउन सक्छ। त्यसैले राती पर्याप्त निद्रा लिनु पर्छ । दिनमा धेरै लामो सुत्दा सुत्ने चक्रमा बाधा पुग्न सक्छ। त्यसैले दिनमा हल्का निन्द्रा राम्रो हुने स्वास्थ्य विज्ञहरू बताउँछन् । दिनमा २०–३० मिनेटभन्दा बढी सुत्नुहुँदैन । अन्यथा हानी हुन सक्छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!